तनहुँमा उपनिर्वाचन विशेष प्रशिक्षण कार्यक्रम तथा एम.एन.ओ., बन्दिपुर गाउँ सभा पुनर्गठन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv४ वैशाख २०८०, सोमवार

कार्यक्रमका क्रममा खिचिएको ऎतिहासिक तस्बिर

तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजना मुलवासी मंगोल राष्ट्रवादसम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम साथै २०८० वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनको चुनावी अभियान कार्यक्रम  सम्पन्न भएको छ।
मिति २०८०/१/०२ तदानुसार 15 April, 2023को दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष सुस्मा आलेको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यततामा बन्दिपुर वडा ०५, झार गाउँमा निम्न पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भयो ।
अन्य अथितिमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाका अध्यक्ष मन कुमार थापा मगर, प्रचार सचिव तेम्बा ग्याल्जेन र मंगोल नेशनल अर्गनाइजेशन शुक्ला गण्डकी नगर सभाका अध्यक्ष नम बहादुर राना( प्रताप)हुनुहुन्थ्यो । 
प्रशिक्षकले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै २०८० वैशाख १० मा हुन गइरहेको उप निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार प्रेम बहादुर थापा मगरज्युलाई भालेमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन अनुरोध गर्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पस्चत धन कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय सहित मंगोल नेसनल अर्गनाइजेसन बन्दिपुर गाउँ सभा पुन गठन भएको थियो। सदस्यहरुमा क्रमश सुक बहादुर  गुरुङ, स्मृता गुरुङ, कान्छा गुरुङ , भरिलाल गुरुङ , चिज कुमार गुरुङ, तोरन गुरुङ, विकास गुरुङ, सुदिप गुरुङ, किङ गुरुङ, मनिषा गुरुङ  र बाल कृष्ण गुरुङ हुनुहुन्थ्यो । 
मंगोल नेसनल अर्गनाइजेशन जिल्ला सभा तनहुँ का  स-सचिव शम्भु राना मगरज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया