मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य बान्तवालाई मातृशोक

Gurkhas Online Tv
Gurkhas Online Tv७ वैशाख २०८०, बिहिवार

मृतक: कुमारी राई

भोजपुर/ मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य  चन्द्र बान्तवा र जिल्ला सभा भोजपुरका अध्यक्ष बिरेन्द्र राई लाई मातृशोक परेको छ । 
भोजपुरको आम चोक गाउँ लपालिका वडा न.-०३ निवासी  कुमारी राईको वैशाख ५ गते मंगलबारका दिनमा दु:खद  निधन भएको 
हो । वि.स. २००५ साल असोज ५ गतेका दिनमा  जन्मनु भएका राईको निजि निवासमै निधन भएको छोरा चन्द्र बान्तवाले  बताउनु भयो । राइको  परम्परा अनुसार बुधबार  अन्त्येष्टी गरिएको बताइएको छ।उहाँको असमायिक निधनले एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरुले स-परिवारलाई धैर्य धारणा गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया