झापाको दमकमा मंगोल प्रशिक्षण।

Gurkhas Online Tv
Gurkhas Online Tv१६ वैशाख २०८०, शनिवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

झापा/ मंगोल नेशनल अर्गनाइजेशन दमक नगरसभाको आयोजनामा दमक नगरपालिकाको वडा नं. ४ मा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रम दमक नगरसभाका अध्यक्ष गजेन्द्र मादेनको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी झापा जिल्ला सचिव सागर दर्जी रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु कमल गाउँसभा अध्यक्ष हिजन राई, कमल गाउँसभा सदस्य जनक तामाङ, झापा क्षेत्र नं. ५ प्रदेश सभा २ का उम्मेदवार रामलाल राई रहनुभएको थियो । 
कार्यक्रममा अतिथिहरु रामलाल राई, जनक तामाङ, हिजन राई, पूर्व दमक नगरसभाका अध्यक्ष दिपेश राई, विशिष्ट अतिथी सागर दर्जीले मन्तव्री राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी सान बहादुर मेचेले मानव उत्पत्ति र मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक विचारधाराको विषयमा प्रशिक्षण दिनुभएको थियो । लोकतन्त्र , धर्मनिरपेक्ष, प्रान्तीय सरकारलाई संस्थागत गराउँदै मुलुकको दिगो विकासको निमित्त एकमात्र विकल्प एम.एन.ओ. रहेकोले सम्पूर्ण मूलबासी मंगोलहरु संगठित बनेर एम.एन.ओ. मा लाग्नुपर्ने कुरा जगजाहेर गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम्म दमक नगरसभाका सचिव अर्जुन तामाङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया