कमल गा.पा.-०४ मा मंगोल नेशनल अर्गनाइजेशनको कार्यालय स्थापना

Gurkhas Online Tv
Gurkhas Online Tv१७ वैशाख २०८०, आइतवार

कार्यक्रम पश्चात् खिचिइएको सामुहिक तस्बिर

सागर मंगोल,झापा/ झापा जिल्लाको कमल गाउँपालिका वडा नं.४ स्थित ज्योती चोकमा मंगोल नेशनल अर्गनाइजेशनको वडा सभा  कार्यालय स्थापना भएको हो । 
२९ अप्रिल शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सर्वोच्च सभाका  सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा उहाँकै बाहुलीबाट कार्यलय उद्घाटन भएको हो । 

उक्त कार्यक्रमकै अवसर पारेर कार्यक्रमका विशिष्ट अतिथि झापा जिल्ला सचिव सागर दर्जीले कार्यकर्ताहरुलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा अतिथिहरु कमल-५ वडा सभाध्यक्ष अजय राई, झापा क्षेत्र नं.५ प्रदेश सभा २ का उम्मेदवार रामलाल राई, दमक नगरसभाका सल्लाहकार दिपेश राई, दमक नगरसभाका सदस्य सम्झना राई, कमल गाउँसभाका सदस्य जनक तामाङ, प्रचारप्रसार सचिव रञ्जन राई, सहसचिव होम बहादुर राई, कोषाध्यक्ष शुक बहादुर लिम्बू, दमक नगरसभाका अर्जुन तामाङ, कमल गाउँसभाका सचिव  विजयहाङ मंगोल,अध्यक्ष हिजन राई, झापा जिल्ला सदस्य प्रेम लिम्बू लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी  सान बहादुर मेचेले मुलुकभित्र लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकारलाई संस्थागत गर्दै मुलुकको विकासको निमित्त मंगोल नेशनल अर्गनाइजेशन देशको राष्ट्रिय राजनीतीको बलियो राजनीतिक दलको रुपमा उभ्याउनु ओअर्ने कुरा बताउनुभयो । 

 दमक नगरसभा र कमल गाउँसभाका संगठनका कार्यकर्ताहरुको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रम कमल-४ का वडा सभा अध्यक्ष चन्द्रविक्रम राइको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सभा सदस्य टंक राज राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विन्दा राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया