फाक्फोकथुमको विभिन्न स्थानहरुमा एम.एन.ओ.को टोल सभा।

Gurkhas Online Tv
Gurkhas Online Tv२१ वैशाख २०८०, बिहिवार

कार्यक्रमका क्रममा लिइएको तस्बिर

सागर मंगोल, ईलाम/इलामको फाक्फोकथुम गाउँपालिकाको विभिन्न स्थानमा मंगोल नेशनल अर्गनाइजेशनको टोलसभा गठन भएको छ । 

मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो ज्युको प्रमुख आतिथ्यतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको विशिष्ट आतिथ्यतामा फाक्फोकथुम गाउँपालिका वडा नं. ३ को सुर्के र रातमाटेमा टोलसभा गठन गरिएको छ । 

सरोज राईको अध्यक्षतामा ११ सदस्यीय सुर्के टोलसभा गठन भएको छ । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः प्रताप राई, हेम दल राई, सोनिता राई रहनुभएको छ भने सदस्यहरुमा देवेन्द्र राई, साजन राई, रोजन राई, प्रकाश राई, विक्रम राई, अविशेक राई, ललित कुमार राई, गंगा प्रसाद राई र कल्पना राई रहनुभएको छ । 

यसैगरी धनाहाङ थेगीमको अध्यक्षतामा ९ सदस्यीय रातमाटे टोलसभा गठन भएको  छ । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः कृष्ण बहादुर थेगीम, राम प्रसाद थेगीम, इन्द्र कुमारी थेगीम रहनुभएको छ भने सदस्यहरूमा मान बाहादुर थेगीम, शेर बहादुर थेगीम, चन्द्र योङ्हाङ र भुवनसिंह योङ्हाङ रहनुभएको छ । 

कार्यक्रममा उपस्थित स्थानीय लोक समुदायहरुलाई कार्यक्रमका विशिष्ट अतिथी सन बहादुर मेचेले एम.एन.ओ. को राजनैतिक एजेन्डा र विचारधारा प्रष्ट्याउँदै प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी मणि पापेले मूलबासी मंगोलहरु आफ्नो अस्तित्व र अधिकार स्थापित गर्दै मुलुकको विकास र समृद्धिको निमित्त एम.एन.ओ. मा आवद्ध हुनुको विकल्प नरहेको बताउनुभयो । उक्त कार्यक्रम कमल गाउँसभा, झापा सहसचिव होम बहादुर राईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया