दोस्रो ऎतिहासिक एम.एन.ओ. , मकवानपुर जिल्ला अधिवेशनको खुल्ला घोषणा कार्यक्रम जेठमा

Gurkhas Online Tv
Gurkhas Online Tv२३ वैशाख २०८०, शनिवार

तस्बिर: बैठकका क्रममा खिचिर्को ऎतिहासिक तस्बिर

मकवानपुर/मंगोल नेशनल अर्गनाइजेशन मकवानपुर जिल्ला सभाको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन आगामी जेठ १३ गते तदानुसार मे २७ मा हुने तय भएको छ । वैशाख २३ गतेका दिन संगठनका केन्द्रीय सदस्य जिवन स्याङतानको प्रमुख आतिथ्यतामा बसेको मकवानपुर जिल्ला सभाको बैठकले अधिवेशनको मिति घोषणा संगै के.बि मोक्तानको संयोजकत्वमा ३७ सदस्य  आयोजक सभा गठन गरिएको छ । उक्त अधिवेशनको खुल्ला घोषणा कार्यक्रम विविध सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिका र एम.एन.ओ.का केन्द्रिय नेताहरुको सम्बोधनसहित  मकवानपुर जिल्ला अन्तर्गत पर्ने बागमती प्रदेशको राजधानि हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर १३ स्थित पदमपोखरीमा सम्पन्न हुने संयोजक के.वी. तामाङले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया