मेलम्ची बजारमा दोस्रो ऎतिहासिक एम.एन.ओ., सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२४ वैशाख २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

सिन्धुपाल्चोक/दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन सिन्धुपाल्चोक जिल्ला अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम 6 मे शनिबार वृहत मंगोल र्याली सहित सयौं लोक समुदायको उपस्थितिमा  सभ्य र भव्य रुपमा मेलम्ची बजारमा सम्पन्न भएको हो।

अधिवेशनका मुल आयोजक सभाकक संयोजक दावा तामाङको सभाध्यक्षता र केन्द्रिय प्रचारप्रसार सचीव मणि पापो लिम्बुको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङ र अन्य अतिथीहरुमा केन्द्रिय सदस्यहरु जोनी विश्वकर्मा,प्रविना थापा मगर,धनमाया तामाङ र बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ, सचीव कुमार तामाङ,कोषाध्यक्ष सालिक थापा मगर,अन्य पदाधिकारीहरु साथै बागमती प्रान्तीय सभा मातहतका जिल्ला अध्यक्ष र संयोजकहरुको आतिथ्यता रहेको थियो र बन्दसत्रबाट निर्वाचित दावा तामाङको अध्यक्षतामा 28 सदस्यीय निर्वाचित जिल्ला  सभाका पदाधिकारीहरुको नामावली  संयोजक कुमार तामाङले घोषणा गरेका थिए।
प्रमुख अतिथि लिम्बुले कार्यक्रम सम्बोधनका क्रममा संगठनको विगतको पृष्ठभुमिबारे बताउनुहुँदै एम.एन.ओ. अब पुर्व पश्चिम सबैतिर बिस्तार भइसकेको छ मंगोल जागिसकेका छन् हाम्रो जीत अवश्य हुन्छ भनी मन्तव्य राखेका थिए। 
त्यसैगरी विशिष्ट अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेशनले शताब्दीऔं देखि हिन्दु आर्य बाहुन क्षेत्रीले हामीलाई हुने नहुने सबै गरे तर देश र सन्ततिको भविष्यको लागि आक्रोश होइन आवश्यकताले हामी राजनीति गर्दैछौँ भन्दै एम.एन.ओ  बाहेक अन्य राजनैतिक दलहरुले चेतनशील  हैन भेडा नागरिक बनाउन चाहन्छ्न् भनेका थिए। अन्य अतिथिहरुले पनि नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राखिएको थियो कार्यक्रममा विभिन्न गाउँबस्तीहरुबाट लोकसमुदायको सांस्कृतिक भेषभुषा बाजागाजा सहित उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा कर्णविर तामाङले स्वागत मन्तव्य राखेका थिए भने उमा तामाङले संचालन गरेका थिए।

प्रतिक्रिया