"नेपालमा अब बाहुन क्षेत्रीको राज्यसत्ता समाप्ती भयो"-अक्कल तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv३१ वैशाख २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन दमक नगरपालिका वडा नं. ३ को प्रथम वडा अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य अक्कल तामाङले नेपालमा बाहुनक्षेत्रीको राज्यसत्ताको समाप्ती भएको भन्दै बाहुनक्षेत्रीहरु शासनसत्ताको क्लाइमेक्समा पुगिसकेकोले उनीहरुले राज्यसत्ता सञ्चालन गर्न नसक्ने कुरा बताउनुभयो । साथै उहाँले मंगोल नेशनल अर्गनाइजेशन नै लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकारलाई संस्थागत गर्दै समुन्नत र समृद्ध नेबाल निर्माण गर्ने एकमात्र राजनैतिक दल भएको कुरा बताउनुभयो । 
 
    १३ मे शनिवारका दिन दनक -३ स्थित दुम्से खेलमदानको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनबाट गजेन्द्र राईको अध्यक्षतामा २२ सदस्यीय दमक-३ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः लक्ष्मी प्रसाद राई, देवी माया लिम्बू, दिलिप भुजेल, पूर्ण बहादुर तामाङ रहनुभएको छ । सदस्यहरू सविता तामाङ, सुस्मा तामाङ, ललिता तामाङ, शारदा मगर, रञ्जना तामाङ, रत्नमाया तामाङ, वाङ जी तामाङ, जस बहादुर तामाङ, गुञ्जमान तामाङ, विनोद तामाङ, मिना राई तामाङ, मनि राई, विमला तामाङ, तारा लिम्बू, दिलमाया तामाङ, नाफे माझी र गंगा प्रसाद राई रहनुभएको रहनुभएको छ ।

 नवगठित पदाधिकारीहरुलाई खादा लगाइ प्रमुख अतिथी अक्कल तामाङले शुभकामना व्यक्त गर्दै पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथि MNO केन्द्रीय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे रहनुभएको थियो भने 
अतिथिहरु केन्द्रिय  मेलिना तामाङ , काेशी प्रदेश निवर्तमान सचिव सागर राई,दोस्रो काेशी प्रान्तीय अधिवेशन मूल आयोजक सभा काेषाध्यक्ष शिव कुमार राई, सदस्य  राजेन्द्र चेम्जोङ, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, सचिव सागर दर्जी, सदस्यहरु प्रेम आङ्बाेहाङ लिम्बू,  दिपेश कुमार राई, उर्लावारी नगरसभा अध्यक्ष माेहन बहादुर राई, मिक्लाजुङ गाउँसभा अध्यक्ष सन्त घिसिङ, गौरादह नगरसभा अध्यक्ष नविन लिम्बू, कमल गाउँसभा अध्यक्ष हिजन राई,दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन लिम्बू,कमल गाउँसभा सचिव विजयहाङ लिम्बू, उर्लावारी नगरसभा सह सचिव अ.मु.मं विश्व राई, कमल गाउँसभा सह सचिव हाेम बहादुर राई, कमल गाँउसभा काेषाध्यक्ष सुक बहादुर लिम्बू , कमल गाँउसभा प्रचार प्रसार सचिव रन्जन चाम्लिङ राई, उर्लावारी नगरसभा सदस्यहरु सुभराज राई, विश्व बन्दु राई, सिह.बा.तामाङ, दमक नगर सभा सदस्यहरु दिलमाया तामाङ, मिना तामाङ, सम्झना राई, मन्त्री धिमाल,भिम बहादुर भूजेल, निर्देश राई,उर्लावारी -५ वडासभा अध्यक्ष सुरेन्द्र लामा, कमल -४ निवर्तमान अध्यक्ष रामलाल राई, कमल-५ वडा सभा अध्यक्ष अजय राई, कमल -४ वडासभा अध्यक्ष अ.मु.मं चन्द्र विक्रम राई रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथी सान बहादुर मेचेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशन आयोजक सभाका संयोजक पुष्पा शेर्पाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अधिवेशन आयोजक सभाको सचिव दिलु सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो भने  दमक  नगरसभा सचिव अर्जुन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया