प्रथम ऎतिहासिक एम.एन.ओ.,मधेस प्रान्तीय सभाको अधिवेशन निजगढ बजारमा भव्य रुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv३१ वैशाख २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

बारा/मंगोल नेशनल अर्गनाइजेसन मधेस प्रान्तीय सभाको प्रथम अधिवेशन बाराको निजगढ बजारमा भव्यरुपमा सम्पन्न भएको छ । 
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको निजगढ बजारमा शनिबार वैशाख ३० गते सयौंको संख्यामा सहभागी मंगोल लोकसमुदायहरुले  लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संविधानमा मुलवासी मंगोल लेख , एम.एन.ओ. जिन्दावाद , ड.गोपाल गुरुङ अमर रहुन , प्रथम मधेस प्रान्तीय सभा अधिवेशन  सफल पारौं जस्ता नारा हरु लगाउदै बजार परिक्रमा गरेर अधिबेशनको खुल्ला घोषणा सभा कार्यक्रम स्थलमा पुगेर सभामा सहभागी भएका थिए। कार्यक्रम प्रथम मधेस प्रान्तीय सभाका संयोजक ज्ञान बहादुर मोक्तानको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यतामा र केन्द्रीय सभाका प्रचार प्रसार सचिव मणिपापो लिम्बुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो भने अन्य अतिथिहरुमा संगठनका केन्द्रीय सदस्यहरु गङ्गा बहादुर चोङ्बाङ, सुरज फोम्बो , प्रबिना थापा मगर , दोस्रो कोशी प्रान्तीय अधिवेशन मुलआयोजक सभा सदस्य अर्जुन लोवा, मोरङ जिल्ला अध्यक्ष धन राज लिम्बू , उदयपुर जिल्ला अध्यक्ष रेवत कुमार मगर , चितवन जिल्ला अध्यक्ष टेक बा तामाङ , मकवानपुर जिल्ला अध्यक्ष बिक्रम तामाङ ,दाङ जिल्ला सभा सह सचिब कल्पना चौधरी र झापा बिर्तामोड नगर सभा अध्यक्ष याम कुमार श्रेष्ठ  रहनु भएको थियो । 
अधिबेशनको खुल्ला सभा कार्यक्रममा बन्द सत्रमा चयन भएका प्रान्तीय सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख धिमालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । बन्द सभाले ज्ञान बहादुर मोक्तानको अध्यक्षतामा २० सदस्ययी मधेस प्रान्तीय सभा सर्बसहमतीमा चयन गरेको छ। जसको सचिब ,कोषाध्यक्ष , सह सचिब र प्रचार सचिबमा क्रमश मान कुमार घलान तामाङ , सम्झना तामाङ ,पासाङ तामाङ महेन्द्र चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा मदन तामाङ ,कमल गुरुङ , मेघ बहादुर गोले , पेसर कुमार श्रेष्ठ , अनबर खान ,इन्द्रमान बाइबा , प्रवल तामाङ , मिलन लामा , राम बा प्राखिन , सङ दोर्जे , बुद्ध लाल रुम्बा ,श्रीदास थिङ, सुर्यमान तामाङ , टेक बा बलपाकी र उत्तर बा राना रहनु भएको छ । कार्यक्रम प्रमुख अतिथि  दिलिप धिमाल , बिशिस्ट अतिथि मणि पापो , अतिथि गङा बा चोङबाङ , सुरज फम्बो , प्रबिना थापा मगर , अर्जन लोवा, टेक बा तामाङ , बिक्रम तामाङ , रेवत कुमार मगर , धन राज लिम्बू , कल्पना चौधरी र याम कुमार श्रेष्ठ लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना सहित मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंसिर र वैशाखमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा संगठनको तर्फबाट  उमेदवार बन्नु भएका उमेदवारहरुलाई कार्यक्रमका प्रमुख अतिथि ले सम्मान गर्नु भएको  थियो । कार्यक्रममा वैशाखमा सम्पन्न भएको उप निर्वाचनमा बारा एम.एन.ओबाट उमेदवार बन्नु भएका प्रमोद राम चमारले मैथिली भाषामा गित गाउनु भएको थियो । मदन तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम श्रीषा तामाङले संचालन गरेकी थिइन्।

प्रतिक्रिया