प्रथम ऎतिहासिक एम.एन.ओ. ललितपुर जिल्ला अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv८ जेठ २०८०, सोमवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

ललितपुर/ मंगोल नेशनल अर्गनाइजेशनको प्रथम ऐतिहासिक ललितपुर जिल्ला अधिवेशन घोषणा सभा  19th May,2023का दिन गोदावरी नगरपालिकास्थित फुलबारी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

ललितपुर जिल्ला प्रथम अधिवेशन मुल आयोजक सभाका संयोजक तिलक तामाङको सभाध्यक्षता र केन्द्रिय सभाको सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सर्वोच्च सभाका सदस्य साथै अनुशासन विभागका प्रमुख गणेश चाम्लिङ राई, विशेष अतिथिहरुमा केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु श्याम लिम्बु,रिन्छेन तामाङ र अतिथिहरुमा केन्द्रिय सभाको सदस्यहरु कासिमा तामाङ,धनमाया तामाङ बागमती प्रान्तीय सभाको अध्यक्ष राजेन्द्र तामाङ ,सचीव,कोषाध्यक्ष,सहसचिव र सदस्यहरु गण्डकी र मधेस प्रान्तीय सभाका प्रतिनिधिहरुको र बागमती प्रान्तीय सभा भित्रका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको विधिवत उद्घाटन पछि बन्द सत्रको निर्वाचन संयोजक बागमती प्रान्तीय सभाका सहसचिव कर्म तितुङले 
बन्द सत्रबाट निर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरेको थियो ।ललितपुर जिल्लाको प्रथम अधिवेशनबाट तिलक तामाङको अध्यक्षतामा 20 सदस्यीय पदाधिकारीहरु निर्वाचित भएको थियो भने कार्यक्रम सुरेन्द्र तामाङ संचालन गरेको थियो।

प्रतिक्रिया