दोस्रो ऎतिहासिक एम.एन.ओ., काभ्रे जिल्ला अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv८ जेठ २०८०, सोमवार

कार्यक्रमका क्रममा लिइएको ऎतिहासिक तस्बिर

काभ्रे/मंगोल नेशनल अर्गनाइजेसनको दोस्रो ऐतिहासिक काभ्रेपलान्चोक जिल्ला अधिवेशन घोषणा सभा 2023 मे 20 को दिन बनेपा नगरपालिका स्थित बृहत पार्टी प्यालेसमा सम्पन्न भएको छ।

काभ्रेपलान्चोक जिल्ला दोस्रो अधिवेशन मुल आयोजक सभाको संयोजक कमल बहादुर तामाङको सभाध्यक्षता र केन्द्रिय सभाको सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा भएको हो।कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रिय सर्वोच्च सभाको सदस्य साथै अनुशासन सभाको प्रमुख गणेश चाम्लिङ राई विशेष अतिथिहरु केन्द्रिय सर्वोच्च सभाको सदस्यहरु श्याम लिम्बु,रिन्छेन तामाङ अतिथिहरु केन्द्रिय सभाको सदस्यहरु जोनी मंगोल विश्वकर्मा,कासिमा तामाङ,प्रबिना थापा मगर ,धनमाया तामाङ बागमती प्रान्तीय सभाको अध्यक्ष राजेन्द्र तामाङ ,सचीव,कोषाध्यक्ष,सहसचिव र सदस्यहरु गण्डक र मधेस प्रान्तीयसभाको प्रतिनिधिहरुको र बागमती प्रान्तीय सभा भित्रको जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको विधिवत उद्घाटन पछि बन्द सत्र को निर्वाचन संयोजक बागमती प्रान्तीय सभाको सहसचिव कर्म तितुङले 
बन्द सत्रबाट निर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरेको थियो ।काभ्रेपलान्चोक जिल्लाको दोस्रो  अधिवेशनबाट दुर्गालाल तामाङको अध्यक्षतामा जिल्लासभाको पदाधिकारीहरु निर्वाचित भएको थियो भने कार्यक्रम सुरेन्द्र तामाङ संचालन गरेको थियो।

प्रतिक्रिया