"भोक सबभन्दा ठूलो रोग हो।"

Gurkhas Online Tv
Gurkhas Online Tv९ जेठ २०८०, मङ्गलवार

सिदाहा बुद्ध

एक समय तथागत बुद्ध पाँचसय भिक्षुहरुका साथमा आलवी नगर आउनु भयो । आलवी नगर बासीहरुले तथागत बुद्धलाई भोजनका लागी आमन्त्रित गरे । त्यसै दिन आलवी नगरका एक निर्धन उपासक पनि बुद्धको आगमन बारे सुनेर धर्म श्रवणका लागी इच्छा गरे ।
तर बिहानै त्यस गरीबको दुइवटा बैल मध्ये एउटा कतै गयो । केहि खाना - पानी नखाइ उ बैललाई खोज्न हिडयो । मध्यान्हसम्म बैललाई खोजी रहर्यो, जसै बैल भेट्टियो उ भोकै र तिर्खै बुद्धको दर्शन गर्न पुगे, उहाँको चरणमा झुकेर धर्म श्रवणको लागी आतुर भइ नजिकै बसे ।
तर बुद्धले पहिला भोजन मगाउनु भयो । उसले नमान्दा नमान्दै पनि पहिला भोजन गराउनु भयो । फेरि धर्म उपदेशका केही शब्द भन्नुभयो । उसले त्यस थोरै कुरालाई सुनेर स्रोतापत्ती फललाई प्राप्ति गर्दछ । तथागत बुद्धद्वारा कसैलाई भोजन गराउनुको घटना बिल्कुलै नयाँ थियो, उहाँले पहिले यस्तो कहिले गर्नुभएन र पछी फेरि भबिस्यमा कहिले पनि गर्नुभएन । तब बिजुली समान यो कुरा भिक्षु संघमा चर्चाको बिसय बन्यो । अन्ततः भिक्षुहरुले भगवानसग जिज्ञासा राखे । तब उहाँले भन्नुभयो :- भोकाएको पेटले धर्म बुझ्न सक्दैन । भिक्षु हो ! भोक समान अरु कुनै रोग छैन ।
तब उहाँले निम्न गाथा भन्नुभयो :- भोक सबैभन्दा ठुलो रोग हो, संस्कार सबैभन्दा ठुलो दु:ख हो । यस्तो यर्थाथ जस्ले जान्दछ, उसैले जान्दछ कि निर्बाण सबैभन्दा ठुलो सुख हो।

।सुखद आनन्दमय जीवन व्यतित गरेर सुगति पुग्न सक्ने विधि
💱💱💱💱💱💱💱💱💱💱💱💱💱💱💱💱💱

अतुलनिय बुद्ध भगवानले सरद ऋतु वस्सवासिक (बर्खा बास) पूर्ण भए पश्चात ठाउँ ठाउँ नगर शहर प्रदेश स्थान स्थानमा धर्म देशना प्रचार प्रसार प्रदर्शन गर्न लाई देसचारी भ्रमण गर्दै पाल्
नु भयो। 

एक समय वेलुदार बस्तिमा पुग्दा गाउँका वयस्क व्यक्तिहरु ले भगवान लाई बिन्ति चढाए।

"भगवान" सशिष्यहरु मा कृषि-भूमि गतिविधिहरु बाट प्रयास पूर्वक मेहनतले काम गरेर उत्पादन खोजी जम्मा गरिएको अन्न वस्तु पदार्थहरु तयार प्रसस्त उपलब्ध छ। 

यस अन्न वस्तु पदार्थहरु लाई आफ्ना घरपरिवार मा भएका पत्नी छोराछोरीहरु संगै सन्तुष्ट सुख पूर्वक आनन्दका साथ उपभोग गर्न चाहन्छौँ। 

मृत्यु पश्चात पनि स्वर्ग बास प्राप्त शंभावना हुने चाहना गर्दछौँ। कौनो विधि विधान द्वारा रहन सहन पालन गर्दै बस्ने हो भने हुन्छ ? भगवान !

असाध्यै राम्रो प्रश्न हो। खुसी खुसीका साथ बस्न पाएर मरे पश्चात पनि सुगती देवलोक (स्वर्ग) पुग्न सक्ने विधि लाई प्रत्येक व्यक्तिहरु ले जान्न चाहने विधि नै हो। तर सामान्य व्यक्ति हरु ले हो भने कहाँ जान्न सक्छन् र !

अतुलनिय भगवान बुद्धले उत्तर दिनु भएको थियो।

"दायकहरु" तिमीहरुले खोजिगरेर राखेको सामान वस्तुहरु लाई पत्नि छोराछोरीहरु का साथ सुख आन्नदका साथ उपभोग गरेर पनि मृत्यु पश्चात देवलोक (स्वर्ग) मा पुग्न सक्ने विधि छ।

त्यस विधि प्रणाली चाहिँ भगवान बुद्ध, धर्म, संघहरु लाई नटुटाई कन निरन्तर पालन गरेर पुज्नु। काय दुश्चरित्र तीन प्रकारका र वचन दुश्चरित्र चार प्रकारकाहरु बाट जोगिएर बस्नु। 

तिमीहरु ले यति चाहिँ स्मृति (होस) पूर्वक पालन गरेर अभ्यास आचरण गर। कामगुण सुख धन सम्पत्ति लाई पत्नि छोराछोरीहरु संग सुखका साथ उपभोग गरे पनि
मृत्यु पश्तात सुगति देवलोक (स्वर्ग) प्राप्त हुन सक्छ। 

♦️वट्ठुद्वारेय्यक सुत्त♦️

एक समय भगवान साला बस्ति पाल्नु भएको समयमा ब्राह्मणहरु ले भगवान लाई बिन्ति प्रश्न राखेका थिए।

हे ! भगवान कुनै मानिषहरु मृत्यु पश्चात स्वर्ग पुग्ने गर्छन्। कुनै मानिषहरु मरेर अपाय नरकमा पर्दछन्। किन यसरी भिन्न फरक छ नि, भगवान ?

हे ब्राह्मणहरु हो ! कुनै व्यक्तिहरु चाहिँ धर्मता न्याय पूर्वक बस्ने गर्दछन्।
कुनै व्यक्तिहरु चाहिँ अधर्मता अन्याय भएको विधि पूर्वक बस्ने गर्दछन्।

धर्मता न्याय पूर्वक बस्ने व्यक्तिहरु मृत्यु पश्चात स्वर्गमा जाने गर्दछन्।
अधर्मता अन्याय भएको विधि पूर्वक बस्ने व्यक्तिहरु मृत्यु पश्चात अपाय नरकमा जाने गर्दछन्।

धर्मता न्याय विधि पूर्वक, अधर्मता अन्याय विधि पूर्वक भन्ने चाहिँ कुन प्रकारको कस्तो हो नि, भगवान ? 

हे ब्राह्मणहरु हो ! आफ्नो काय शरीर द्वारा सीमा पार भएको गलत अत्याचार अपराध उल्ङ्घन गर्ने अधर्मता अन्याय तीन प्रकारका हुन्छन्।

अरुको ज्यान हत्या गर्नु, चोरी काम गर्नु, काणगुण लाई निन्दनिय पूर्वक झुठो उल्टा गल्ती कसूर पूर्वक काम गर्दै हिंड्नु हो। 

यस अधर्मता अन्याय पूर्वक विधिहरु बाट जोगिएर तर्किदैँ हिंड्ने व्यक्तिहरु धर्मता न्याय विधि पूर्वक बस्न पुग्दछन्।

फेरी वचन शब्द द्वारा बोलेर सीमापार उल्ङ्घन अत्याचार अपराध कसूर गर्ने अधर्मता अन्याय चार प्रकारका हुन्छन्।

नहुँदो असत्य पूर्वक ठगेर झूट बोल्नु, अरुलाई निच नराम्रो बनाउँन लाई कुरा सार्दै पोल खोलेर बोल्ने, अशिष्ट झुटा आरोप लगाउँदै अपशब्द कडा बचन द्वरा गाली गर्ने अति भन्ने इत्यादिहरु हुन्।

यस अधर्मता अन्याय पूर्वक विधिहरु बाट जोगिएर तर्किदैँ हिंड्ने व्यक्तिहरु धर्मता न्याय विधि पूर्वक बस्ने हुन्छन्।

फेरी अर्को मनको विचार कल्पना गरेर सीमापार उल्ङ्घन अत्याचार अपराध कसूर गल्ती गर्ने अधर्मता अन्याय तीन प्रकारका हुन्छन्।

अरुको धन सम्पत्ति सामान वस्तु आदिहरु लाई अधर्मता हठ पूर्वक लिनचाहने विचार कल्पनाहरु, अरुको जीवन र घर धन सम्पत्ति सामान वस्तुहरु आदि लाई विघ्नबाधा विनाश विध्वंस गर्न चाहने विचार कल्पनाहरु, कर्म र कर्मको फल (राम्रो काम गरे सुराम्रै परिणाम मिल्छ, नराम्रो काम गरे नराम्रै दुष्परिणाम मिल्छ भन्ने) लाई नपत्याएर वा विश्वास नगरिकन उल्टो झूटा गलत मिथ्या धारण लिएर त्यस प्रति विश्वास गर्नेहरु हुन्।

यस अधर्मता अन्याय पूर्वक विधिहरु लाई गर्दै हिंड्ने व्यक्तिहरु अधर्मता अन्याय विधि पूर्वक बस्नेहरु हुन्छन्।

यस अधर्मता अन्याय पूर्वक विधिहरु बाट जोगिएर तर्किदैँ हिंड्ने व्यक्तिहरु धर्मता न्याय विधि पूर्वक बस्नेहरु हुन्छन्।

अधर्मता अन्याय विधि पूर्वक बस्ने व्यक्तिहरु मृत्यु पश्चात अपाय नरकमा झर्न

प्रतिक्रिया