दोस्रो ऎतिहासिक एम.एन.ओ.,मकवानपुर जिल्ला अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम सु-सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१४ जेठ २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिएको ऎतिहासिक तस्बिर

मकवानपुर/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको दोस्रो अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम 27 मे शनिबार को दिन भव्यताका साथ हेटौँडा-13 पदमपोखरी बजारमा सम्पन्न भएको छ।

मुल आयोजक सभाको संयोजक कर्ण ब. मोक्तानको सभाध्यक्षता र एम.एन.ओ का केन्द्रिय प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा एम.एन.ओ.का प्रचार प्रसार सचिव मणि पापो लिम्बु, सर्वोच्च सभाका सदस्यहरु सान बहादुर मेचे र रिन्छेन तामाङ रहेका थिए। यसैगरी अतिथीहरुमा केन्द्रिय सदस्यहरु मंगोल भक्त खपाङ्गी, जीवन स्याङतान र बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ,प्रचार प्रसार सचीव क्षृषा तामाङ साथै  अन्य पदाधिकारीहरु र बागमती प्रान्तीय सभा मातहतका जिल्ला अध्यक्ष र संयोजकहरु रहेका थिए। बन्द सत्रबाट कर्णा मोक्तानको अध्यक्षतामा 21 सदस्ययी  जिल्ला सभा सर्वसम्मत निर्वाचित भएका छन्। उक्त नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुको नामावली  एम.एन.ओ बागमती प्रान्तीय सभा सदस्य नबराज तामाङले घोषणा गरेका हुन्।
प्रमुख अतिथि धिमालले कार्यक्रम सम्बोधनको क्रममा संगठनको बिगतको पृष्ठभुमि बारे बताउनुभयो
त्यसैगरी विशिष्ट अतिथि लिम्बुले मंगोल नेशनल अर्गनाइजेशनले विगत देखि वर्तमानसम्म नेपालको राजनीतिमा खेलिरहेको सैद्धान्तिक भुमिकाहरु प्रष्टाउँदै नेपालको राजनीतिमा घटिरहेका घटना,परिघटना र अबको दिनमा कसरी अगाडि बढ्ने भन्ने सिद्धान्तबारे प्रकाश पारेको थिए र अन्य अतिथिहरुले पनि नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न गाउँबस्तीहरुबाट लोकसमुदायको सांस्कृतिक भेषभुषा बाजागाजा सहित उल्लेखनीय उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा विक्रम थिङले स्वागत मन्तव्य राखेका थिए भने सुरेन्द्र तामाङ्गले संचालन गरेका थिए

प्रतिक्रिया