मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ सभा पुनर्गठन तथा एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१६ जेठ २०८०, मङ्गलवार

नवगठित दोर्दी गाउँ सभाका पदाधिकारीहरु

आशिष गुरुङ,लमजुङ/मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ सभाको आयोजनामा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम तथा दोर्दी गाउँ सभा पुनर्गठन कार्यक्रम दोर्दी-०४, सेर बजारमा सम्पन्न भएको छ। 
 उक्त कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ सभाका अध्यक्ष वीर सुब्बा गुरुङको अध्यक्षतामा र लमजुङ जिल्ला सभाका सचिव आशिष गुरुङको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा 29th May सोमबारका दिनमा सम्पन्न भएको हो। त्यसैगरी विशिष्ट अतिथीमा जिल्ला कोषाध्यक्ष विष्णु गुरुङ,हुनुहुन्थ्यो। कार्यक्रमका अन्य अतिथीहरुमा लमजुङ जिल्ला सभाका सदस्यहरु रतन गुरुङ,भिम गुरुङ,आश बहादुर तामाङ,भरत गुरुङ र कृष्ण बहादुर गुरुङ थिए। 
सम्पूर्ण अतिथीहरुले कार्यक्रममा संगठनका महत्त्वपूर्ण विषयबारे बताउदै उपस्थित लोकसमुदायलाई एम.एन.ओ.मा आबद्ध हुन आह्वान गरि शुभकामना मन्तव्य राखेका थिए प्रमुख अतिथि गुरुङले भने नेपालको ईतिहास र वर्तमान राजनीतिको बारेमा बताउदै मानव अस्तित्व र मंगोल राष्ट्रवादसम्बन्धी प्रभावकारी प्रशिक्षण दिएका थिए। 
प्रशिक्षण कार्यक्रम पश्चात्  दोर्दी गाउँ सभा पुनर्गठन कार्यक्रम भयो। 
वीर सुब्बा गुरुङको अध्यक्षतामा १५ सदस्यीय दोर्दी गाउँ सभा पुनर्गठन भएको हो।  सचिवमा राम बाहदुर गुरुङ,कोषाध्यक्षमा नौ बहादुर गुरुङ, स-सचिवमा सुमिन्द्र गुरुङ,प्रचार प्रसार सचिवमा बुद्ध बहादुर रम्तेल सदस्यहरुमा पुर्ण बहदुर गुरुङ,राम बहादुर तामाङ्ग,मैते तामङ्ग,धनराज तामङ्ग,सीता मझाकोटि,राम बहादुर तामाङ्गज, सुन्दर गुरुङ्ग मिनराज गुरुङ,सुमर्सिङ्ग गुरुङ्ग र पुर्ण बहदुर घले रहेका छन्।

उक्त कार्यक्रममा बुद्ध बहादुर रम्तेलले उपस्थित लोकसमुदायहरुलाई स्वागत गरेका थिए भने सन्चालन गाउँ सभाका सचिव राम बहादुर गुरुङले संचालन गरेका थिए।

प्रतिक्रिया