ड.गोपाल गुरुङज्युलाई बाहुनवाद र हिन्दुवादसंग लड्नु MNO को दर्शनमा पास भएको डिग्री चाहिएको थियो न कि हिन्दुवादी शिक्षा लिएको मास्टर डिग्री!

Gurkhas Online Tv
Gurkhas Online Tv१७ जेठ २०८०, बुधवार

बायाँ: लेखक विजयहाङ मंगोल, दायाँ : युगपुरुष अमर ड.गोपाल गुरुङ

विजयहाङ मंगोल/अमर युगपुरूष ड.गोपाल गुरुङज्यू दूरदर्शी नेता हुनुहुन्थ्यो । ३० वर्ष सम्म त उहाँले आफ्ना चेलाहरुलाई नेता बनाउन, MNOको शिक्षा र परीक्षा लिएर मात्र निखारिएर संगै डोहोर्याउनु भयो। महामानव ड.गोपाल गुरुङज्यूसंग पढेलेखेका शिक्षित देखि कलाकार,संगीतकार देखि प्रखर भाषण गरेर हसाउने र रुवाउने जस्ता सबै चेलाहरूले भरिपुर्ण थिए तर ड. गोपाल गुरुङज्यूसंग आफ्नो शैक्षिक हैसियत तुलना गर्ने, दाज्नेहरु ड.गोपाल गुरुङज्यूको सानो व्यवहारिक परीक्षामा फेल भए किनकि ड.गोपाल गुरुङज्युलाई बाहुनवाद र हिन्दुवादसंग लड्नु MNO को दर्शनमा पास भएको डिग्री चाहिएको थियो न कि  हिन्दुवादी शिक्षा लिएको मास्टर डिग्री! 
 उहाँलाई नेपालको पञ्चायत काल देखि नै नेपालको हरेक तहमा हिन्दुवाद र बाहुनवादको शिक्षा हावी भएको कुरा प्रष्टसँग थाहा थियो र त्यही विरुद्ध उहाँको वैचारिक माग मुद्धा लड़ाई थियो । ड.गोपाल गुरुङज्यूले आफ्नो जीवनकाल ,त्यतिबेलाको समयमा धेरै शिक्षित भनाउँदा साथीहरुसँग स्वदेश विदेशमा चिर-परिचित हुनुहुन्थ्यो तर ती शिक्षित भनाउँदाहरूले कहिले पनि उहाँलाई साथ सहयोग गरेनन्  र उहाँ अलिकति पनि नडगमगाई पछि नहटिकन ८०% मूलबासी मंगोलहरुको निमित्त निरन्तर संघर्ष र लड़ाई गर्नु भयो । 
नेपालमा पञ्चायत कॉल देखि नै मंगोल अनुहारको शिक्षित व्यक्तिहरूलाई कुनै न कुनै सरकारी पद-पेशा हैसियत दिएर बाहुनवादको गुलाम(दासत्व) बनाएर राखेको अवस्था थियो । तर उहाँलाई  त्यतिबेलाको समयमा,हिन्दुवाद हावी भएको उच्च शिक्षा लिएका केही साथीहरु ,व्यक्तिहरु घमण्ड र अहमताले भरिएका हुन्छन्  भन्ने ड. गोपाल गुरुङज्युले अनुभव गर्नु भएको थियो । त्यसैले आफूलाई शिक्षित भनाउँदा व्यक्तिहरूलाई ड. गोपाल गुरुङज्यूले सजिलैसंग हत्तपत्त विश्वास गर्नु हुँदैनथ्यो ।
अहिले पनि नेपालको पठ्याक्रम पुस्तकमा एकल नश्लिय हिन्दुवादी शिक्षाले त्यतिकै जरा गाडेको अवस्था छ। तर एम.एन.ओ को जन्मदाता महामानव ड.गोपाल गुरुङज्युलाई ३१ वर्ष भन्दा लामो समयसम्म साथ ,सहयोग,त्याग ,बलिदान दिनेहरु भनेकै आजका MNOकै विषयमा डिग्री र निखारिएका अहिलेका अग्रज केही इमान्दार व्यक्तिहरु थिए ।  ड.गोपाल गुरुङज्यूको जीवनकालमा भेटिएका पढेलेखेका र  शैक्षिक भनाउँदा चेलाहरू थुप्रै थिए तर उहाँलाई ती शिक्षित भनाउँदाहरूले कहिले साथ दिएनन् । साथ त तिनले दिए जसले आज सम्म संगठनमा लामो समय सम्म निरन्तर MNO का दर्शन,सिद्धान्तलाई आत्मसाथ गरेर दुःखमा अलिकति पनि नडगमगाई निरन्तर आश, भरोसा र उमङ्गका साथ सगै लागि रहे ।आज सम्म एम.एन.ओ को दर्शन भन्दा बाहिरको शिक्षा सँग तुलना गर्ने आफ्नो पढाई संग घमण्ड गर्ने कार्यकर्ताहरु संगठनमा कोही पनि टिकेका छैनन् र विगतको दिनहरूमा क्षणिक सहयोग समर्थन जनाई,MNO मा भविष्य छैन र संगठनलाई दोष दिनेहरु आज उनीहरू इतिहासमै विलय भएर गएको छ । 
हुने "विरुवको चिल्लो पात भनेझै" अन्तिम घडी सम्म संगठनमा रहेर महामानव ड. गोपाल गुरुङज्यूले बुद्धलाल मेचेज्युलाई एम.एन.ओ को परीक्षामा पास भएको खुलासा गरि संगठनलाई चलाउने र बचाउने सक्ने व्यक्ति उहाँ नै हो भनेर विश्वस्त हुनुभयो ।फलस्वरूप बुद्ध_लाल_मेचे नै सर्व सहमत ५औं राष्ट्रिय महाधिवेशन बाट प्रेसिडेन्टका रुपमा निर्वाचित हुनुभयो।
८०% अहिन्दु मुलवासी मंगोलहरुलाई मुक्ति र अस्तित्व दिलाउनको लागि सही मार्गदर्शन र अमृतमय दर्शन (Philosophy) दिएर , मूलवासी मंगोलको भूमिमा नेबालको राजनैतिक इतिहासको क्षेत्रमा आफ्नो छुट्टै ऐतिहासिक महत्वपूर्ण योगदान दिएर र अर्थपूर्ण मरणका साथ आफ्नो भौतिक शरीर मुलवासी  मंगोलहरुको माझबाट अमर युग पुरुष महामानव ड.गोपाल गुरुङज्यू सधैंको लागि टाढिनु भयो ।

प्रतिक्रिया