सम्पुर्णलाई जुन १० मा हार्दिक निमन्त्रणा।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ जेठ २०८०, बिहिवार

ड.गोपाल गुरुङज्यु र खेमलाल सइबोज्युको परिवारसँग खिचिएको तस्बिर

झापा/जुन १० शनिवारका दिन झापाको मेचिनगर-२ स्थित बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको प्राङ्गणमा सम्पन्न हुन गइरहेको महामानव ड. गोपाल गुरुङ ज्युको सातौं वार्षिक स्मृति सभा तथा शालिक अनावरण कार्यक्रमको निमित्त महामानव ड. गोपाल गुरुङ ज्युको परिवारहरु र शालिक राखिने पार्क निर्माणका लागि जग्गा प्रदान गर्नु हुने खेमलाल सइबोज्युको परिवारलाई कार्यक्रमको निमन्त्रणाका लागि मंगोल रिसर्च सेन्टर सञ्चालन सभाका संयोजक शान्तिलाल धिमाल साथमा संगठनका केन्द्रिय नेताहरु र कार्यकर्ताहरु उहाँहरुको निवासमा पुगेका हुन्। 

मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव  ड.गोपाल गुरुङज्यूको पुर्ण कदको शालिक निर्माणका लागि मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा हङकङका सदस्य मनकुमार लुङ्फुङ्वा लिम्बुज्युले रु.६,००,०००/-(रु. छ लाख मात्र ) प्रदान गर्नुभएको छ । साथै देश तथा विदेशमा रहनु भएका सम्पुर्ण मुलवासी मंगोल प्रेमीहरुले यस शालिक राखिने पार्क निर्माणका लागि स्वेच्छिक सहयोग प्रदान गर्नु भएको छ साथै मंगोल नेता तथा कार्यकर्ताहरुले श्रमदान समेत गरेका छन्। ड.गोपाल गुरुङज्युको शालिक र पार्क निर्माणका लागि आर्थिक,भौतिक र नैतिकरुपमा सहयोग गर्नु हुने महानुभावप्रति कृतज्ञता प्रकट गर्दै निर्माण सभाले उक्त शालिक अनावरण गरिने दिनमा सम्पुर्ण संसारभर छरिएर रहेका मुलवासी मंगोललाई उपस्थितिको लागि हार्दिक आव्हान तथा निमन्त्रणा गरेको छ।

प्रतिक्रिया