महामानव ड.गोपाल गुरुङज्युको सातौं वार्षिक स्मृति सभा तथा शालिक अनावरण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२९ जेठ २०८०, सोमवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

सागर मंगोल,झापा/झापाको मेचिनगर-२ स्थित मंगोल रिसर्च सेन्टरमा मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर   महामानव ड. गोपाल गुरुङ ज्युको ७औँ वार्षिक  स्मृति सभा तथा सालिक अनावरण कार्यक्रम सम्पन्न  भएको छ । १० जुन २०२३ जेठ २७ का दिन  सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको बाहुलीबाट सालिक अनावरण गरिएको हो । 
कार्यक्रममा लुम्बिनी प्रान्तीय सभाका सदस्य घनश्याम चौधरी, वाग्मती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ, दोस्रो कोशी प्रान्तीय अधिवेशन आयोजक सभाका संयोजक विकेन वान्तवा, सालिक निर्माणकर्ता मन कुमार लुङ्फुङवा, केन्द्रिय सदस्यहरु धनमाया तामाङ,चन्द्र वान्तवा, प्रविना थापा मगर, सुरज फोम्बो, सोम गुरुङ, जोनी वि.क, केन्द्रिय सर्वोच्च सभाका सदस्री रिन्छेन तामाङ, गणेश चाम्लिङ, विशिष्ट अतिथिहरु  केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बू, प्रवक्ता दिलिप धिमाल, केन्द्रिय सचिव सन्तोष तामाङले मन्तव्री राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले मंगोलवाद दर्शनलाई बुझ्न र व्यवहारमा लागू गर्न जातीगत, धार्मिक, संस्कारगत सोचभन्दा माथी उठ्नुपर्न कुरा बताउनुभयो । साथै महामानव ड. गोपाल गुरुङ ज्युलाई विश्व जगतमा चिनाउन र अबका पुस्ताहरुले महामानव ड. गोपाल गुरुङ ज्युको जीवन संघर्षलाई नजिकबाट बुझ्ने उद्देश्यका साथ सालिक निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा संगठनका केन्द्रिय सदस्यहरु, प्रान्तीय सभाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । देशव्यापी रुपमा हजारौँ मंगोल शुभचिन्तक समर्थक लोकसमुदायहरुको उपस्थितिमा सम्पन्न उक्त  कार्यक्रमको सभाध्यक्षता मंगोल रिसर्च सेन्टर सञ्चालन सभाका अध्यक्ष एम.एन.ओ. वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमालले गर्नुभएको थियो भने झापा जिल्ला सचिव सागर दर्जीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया