दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन,सुनवर्षी नगर अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

सागर मंगोल
सागर मंगोल३१ जेठ २०८०, बुधवार

कार्यक्रमका क्रममा लिइएका तस्बिरहरु

सागर मंगोल,मोरङ/मंगोल नेशनल अर्गनाइजेशन सुनवर्षी नगर सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । १४ जुन, २०२३ बुधबारका दिन रिन्छेन तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य नगरवासीहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट पदम बहादुर तामाङको अध्यक्षतामा ३१ सदस्यीय समिती गठन भएको मंगोल नेशनल अर्गनाइजेशन सुनवर्षी नगरसभाले जनाएको छ । सचिव,कोषाध्यक्ष, सह-सचिवमा क्रमशः हर्क बि.क, कृष्ण माया तामाङ, वीर बहादुर राई रहेका छन भने सदस्यहरूमा रन्जित राई, दिल ब. राई, चन्द्र ब.तामाङ, गंगा बहादुर लिम्बु, सुख बहादुर श्रेष्ठ, शिशो देवि रजवंशी, रामवती देवी राजवंशी, रुपनारायण राजवंशी ,प्रेम कुलुङ, चाज ब. लिम्बु, बिमल लिम्बु, खड्क प्रसाद लिम्बु, तेज नारायण राजवंशी, लछिन्दर ऋषिदेव,श्याम प्रसाद ठाकुर, चुन्डु हेमरन, लखिराम हेमरन, ङिङमा शेर्पा, वीर ब. लिम्बु, भुकिन्द्र राई, पार्वती राजवंशी, राम ब.लिम्बु, कमल तामाङ, गुणराज राई, शिव ब.राई, अमृत बि.क. र पुर्ण बि.क. रहेका छन ।


 कार्यक्रमको विशिष्ट अतिथिमा एम.एन.ओ. दोस्रो कोशी प्रन्तिय अधिवेशन आयोजक सभाका संयोजक बिकेन बान्तवा राई रहनुभएको थियो भने अतिथिहरु मोरङ जिल्ला अध्यक्ष धनराज लिम्बु, सचिव अबिनाश राई, कोषाअध्यक्ष रबिन्द्र श्रेष्ठ लगायत मोरङ जिल्लाका  विभिन्न गाउँ तथा नगर सभाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथी, प्रमुख अतिथिले मंगोल अस्तित्व बारे प्रष्ट्याउदै नेबालका मूलबासी मंगोलहरुलाई सामाजिक र संवैधानिक रुपमा विभेद गरिन्दै आएकोमा खेद प्रकट गर्दै चुनौतीका साथ आफ्ना भनाइहरु राखेका थिए ।

प्रतिक्रिया