मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनको तेस्रो ऎतिहासिक अधिवेशन यहि असारमा।

Gurkhas Online Tv
Gurkhas Online Tv३ असार २०८०, आइतवार

बैठकका क्रममा लिइएका तस्बिरहरु

चितवन/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनले तेस्रो जिल्ला अधिवेशन गर्ने भएको छ । १७ जुन २०२३ /असार २ गतेका दिन एम.एन.ओ. बागमती प्रान्तीय सभाका प्रचारप्रसार सचीव श्रृषा तामाङको प्रमुख आतिथ्यतामा  सम्पन्न जिल्ला सभा चितवनको बैठकले यही असार ३० गतेका दिन जिल्ला अधिवेशन गर्ने घोषणा गरेको हो । अधिवेशन सफल पार्न टेक बहादुर तामाङको संयोजकत्वमा १७ सदस्यीय मुल आयोजक सभा गठन गरिएको छ । आयोजक सभाको आगामी बैठकले अधिवेशनको स्थान तय गरिने संयोजक तामाङले बताए ।

प्रतिक्रिया