मृतक राईको परिवारलाई एम.एन.ओ.,प्रवास सभा यु.के.को आर्थिक सहयोग

Gurkhas Online Tv
Gurkhas Online Tv२६ असार २०८०, मङ्गलवार

एम.एन.ओ.का केन्द्रिय कोषाध्यक्ष शेर्पाको नेतृत्वमा मृतकको परिवारलाई रकम हस्तान्तरण गर्ने क्रममा

सिन्धुली/मंगोल नेशनल अर्गनाइजेशन फिक्कल गाउँपालिका-०६ का सदस्य मृतक तेज कुमार राईको परिवारलाई प्रवास सभा यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ ।
संगठनका केन्द्रीय कोषाध्यक्ष  आङ्दावा शेर्पाको नेतृत्व मंगलबार मृतक राईको घरमा पुगेर नगद रु.१,६०,०००(एक लाख साठी हजार रुपैयाँ मात्र) प्रदान गरेको छ । प्रवास सभा यु.केले मृतकको परिवारलाई सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन गरेर केन्द्रिय सभा मार्फत उक्त रकम पठाइएको थियो ।  यस अघि बागमती प्रान्तीय सभाको पहलमा रु.२,१६,४९१ (दुई लाख सोह्र हजार चार सय एघार रुपैयाँ मात्र )संकलन गरि मृतक राइको परिवार सहयोग हस्तान्तरण गरिएको थियो । 
 प्रवास सभा युकेका  निम्न व्यक्तिहरुले मृतक तेज कुमार राईको परिवार लाई सहयोग गरेका थिए । राम देउसाली   £ 50,  टंक गुरुङ  £50, देबि लिम्बू(तुम्बाहाम्फे) £ 20,जान्की लेप्चा   £20,मनि राई £ 20, मोहन गुरुङ mongol £45,Amar Gurung - £21 ,Meg Budha Magar £35 , राम मंगोल £50,जित पुन £20,Amrit Moktan £41,खडक बुढा मगर £ 20 ,Panbahadur Gurung £20,Lal bahadur Gurung £50,MMM Mohan Rai £41,Chhetra bahadur gurung £35,Om Bahadur Roka £35,Hos Thapa £31,Mamata Tamang (Mrs Dhan) £20,Kamansing Rai £25,Megh Gurung -£25,Capt Dem Bdr Grg -£25,Gajbir Thapa £20,Til Thapa £25 र
 Jit Rana Rs 5,000
मृतक तेज कुमार राईको गत जेठ २६ गते सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परि दु:खद निधन भएको थियो । उहाँ 
जेठ २७ गते अर्थात् १० जुन शनिबार झापाको मेची नगर-०२ मा रहेको मंगोल रिसर्च सेन्टरको प्राङ्गणमामा एम.एन.ओका फाउण्डर प्रेसिडेन्ट महामानव युग पुरुष ड.गोपाल गुरुङको पुर्ण कद सहिदको शालिक अनावरण कार्यक्रममा सहभागी हुन उहाँ  झापा जाँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया