चारुमती विहार मर्मत तथा नेपाली परम्परात शैलीमा निर्माणको थालनी

Gurkhas Online Tv
Gurkhas Online Tv१५ असार २०७९, बुधवार

फोटो= चारुमती विहारमाभिक्षु तपस्सी धम्म

चारुमती स्तुप : धन्दो चैत्य , चाबहिल स्तुप / 
एतिहासिक पृष्ठभूमि : नेपालको केन्द्रिय राजधानी काठमाडौं महानगरपालिकाको वडा नं  ७ मा अवस्थित एउटा एतिहासिक स्तुप - जसको निर्माण २३०० वर्ष अगाडी भएको प्रमाणीकरण इतिहास छ। स्थानीयहरुले यो चैत्यलाई धन्दो चैत्य (छोर्तेन) पनि भन्ने गर्छन यो भन्नाले धन्य भगवानको वास स्थान" भनिन्छ।  यो स्तुप २३०० बर्ष अगाडी तत्कालिन भारतीय सम्राट अशोकले आफ्नी छोरी चारुमतिलाई धम्मदुत स्वरूप बुद्ध धर्मको प्रचार/प्रसार अनि बुद्ध धर्मलाई अझ बढी व्यापकता होस् भन्ने धर्म अभिलाषा स्वरुप पठाउनु भएको थियो । समय बित्दै गए तर स्तुपको हेर चाह गर्ने उचित ब्यबस्था समुहगत रुपमा खासै कोहि थिएन भने स्थानीय र सरकारको दृष्टि पनि पुगेको थिएन।  यसै अवस्थालाई मनन अनि स्तुपको हेरचाह र उचित ब्यबस्थापनको लागि स्थानीयहरुले भरखरै श्रीलंकामा अध्ययन सकाएर फर्कनु भएका श्रद्धेय तपस्सीधम्म भन्ते संग भेट भयो र उहाँ भंतेलाई आग्रह गर्नु भयो र बि सं २०५१ साल देखि उहाँ भन्ते उक्त चैत्यको हेरचाह र उचित ब्यबस्थापनको लागि आवासीय रुपमा बस्न थाल्नु भयो।  साञ्चै भन्नु पर्दा उहाँ भंतेलाई बस्न बिहार/कुटी भनेकोनै थिएन र स्थानीयहरुले उहाँ भन्तेलाई आवास स्वरुप उक्त चैत्य पछाडी रहेको चा:बहि (सुबर्णपुर महाविहार) राख्नु भयो जहां उहाँ ५ वर्ष बिताउनु भयो । 

भिक्षु तपस्सीधम्म :

चारुमती बुद्ध विहारको स्थापना :
तत्तपश्चात श्रद्धेय भिक्षु तपस्सिधम्म भन्तेको अगुवाई र स्थानीय श्रद्धालु उपासक उपासिकाहरुको सहयोगमा त्यहि चारुमती स्तुपको पश्चिममा अवस्थित १ आना ३ पैसा जग्गामा पुरानो पाटी रहेको उक्त पाटिलाई मर्मत गरि २०५५ साल "चारुमति बुद्ध विहार" नामाकरण गरि  निर्माण र स्थापना भयो, विहार सानो र आगन्तुक कोठा अभाव बुद्ध पुजा, धर्म देशना  हल अभावले गर्दा विहार लाई बिस्तार गर्नको निम्ति पुनः  २०७६ सालमा १ आना १ पैसा जग्गा चाबहिल उपासक उपासिकाहरु श्रद्धा अनुसार चन्दा संकलन गरि   विहार संगै को जग्गा खरिद गर्नु भयो।

चारुमती स्तुपको जिर्णोद्वार :
समय बित्दै गए पश्चात गत २०५९/६० सालमा पुजनिय चारुमती स्तुपको गुम्बज/गर्भ अचानक चर्किए। जुन जो कुरा त्यहाँका स्थानीय वासिन्दा अनि धर्मावलम्बीहरुलाई अप्रत्यासित थियो र भयो। र चर्किएको/चर्किए स्थानीय उपासक/उपासिकात तथा तत्कालिन सरकार र वडाको सहयोगमा सोहि वर्षमै उक्त बर्षनै स्तुपलाई भत्काएर जिर्णोद्वारका कामहरुको थालनी भयो। भत्काउने क्रममा स्तुपको गर्भमा/गर्भबाट विभिन्न प्रकारका पौराणिक सुनको बुद्ध, बोधिसत्व, लोकेश्वर आदिका बिभिन्न मुर्ति, सुन/चांदीका पैसा सहित थुप्रै पुरातत्विक/एतिहासिक महत्वका सामग्रीहरु फेला परेको थियो ! 
जिर्णोद्वारको क्रममा स्तुपको गर्भबाट २३०० वर्ष अघि निर्मित अनि ब्राम्ही लिपि अंकित ईंटा फेला पर्नु स्तुपको ऐतिहासिकता पुष्टि गर्न थप प्रमाणित भएको थियो। छानबिनको क्रममा उक्त ईंटा अहिले सम्मकै पुरानो र उपत्यका भित्र अहिले सम्म थुप्रै मठ, मन्दिर जिर्णोद्वार भए/गरे तर यहि ईंटा अहिले सम्मकै सबै भन्दा पुरानो ब्राम्हि/मगधि भाषा लिखित/अंकित ईंटा हो र भयो तसर्थ आज अहिले पनि उक्त ईंटालाई नेपालको एउतै संग्रहालय राष्ट्रिय संग्राहलयमा सुरक्षित रुपामा राखिएको छ।  
चारुमति बुद्ध विहार सन्छिप्तपरिचय! 

चारुमती बुद्ध विहारको वर्तमान अवस्था :
श्रद्धालु उपासक/उपासिकाहरु वृद्धि हुँदै गर्दा २०५५ सालमा स्थापित चारुमती बुद्ध विहारको भैतिक अवस्था सानो हुँदै गरेको विहारका उपासक/उपासिका सहित विदेश पाहुनाहरुले पनि महसुस मात्र नभई उहाँ श्रद्धेय भंतेलाई भन्ने गरेको सर्व बिदितै छ।  तसर्थ सबै उपासक/उपासिका अनि पाहुनाहरुको आशा र चाहना अनुरुप स्थापनाको २३ वर्ष पछि उक्त विहारलाई भत्काएर बिहारलाई नयाँ नेपालि परम्परागत शैलीमा निर्माणको थालनी स्वरुप हिजो २०७९ साल असार १३ गते विहारको माथिल्लो तल्ला कौसी र त्रस्त भत्काईएको छ।

चारुमति बुद्ध विहार उपभोक्ता समिती 
चाबहिल . 
२०७९/ असार / १३ गते आइतबार

प्रतिक्रिया