तेस्रो ऎतिहासिक एम.एन.ओ.,चितवन जिल्ला अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv३१ असार २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिइएको ऎतिहसिक तस्बिर

चितवन/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनको तेस्रो अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम १५ जुलाई शनिबारका दिन भव्यताका साथ भरतपुर बसपार्कस्थित सेरेन पार्टी प्यालेशमा सम्पन्न भएको छ।

मुल आयोजक सभाका संयोजक टेक बहादुर तामाङको सभाध्यक्षता र केन्द्रिय सचीव सन्तोष तामाङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशेष अतिथिहरु सर्वोच्च सभाका सदस्य सान बहादुर मेचे,श्याम  लिम्बु,रिन्छेन दोर्जे तामाङ्ग र अन्य अतिथिहरु केन्द्रिय सदस्य शिव बहादुर गुरुङ्ग,प्रविना थापा मगर र बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ,सचीव कुमार तामाङ,कोषाध्यक्ष सालिक थापा मगर,अन्य पदाधिकारीहरु साथै बागमती प्रान्तीय सभा मातहतका जिल्ला अध्यक्ष र संयोजकहरुको आतिथ्यता र एम.एन.ओ मधेस प्रान्तीय सभा अध्यक्ष ज्ञान मंगोल, दोस्रो कोशी प्रान्तीय अधिवेशनको मुलआयोजक सभाका सचिव लासिमहाङ लिम्बु, एम.एन.ओ,झापा जिल्ला अध्यक्ष बानिरा मेचे, एम.एन.ओ तनहुँ जिल्ला अध्यक्ष सुस्मा आले मगर, एम.एन.ओ गोर्खा जिल्ला अध्यक्ष मन कुमार थापा रहेका थिए र बन्द सत्र बाट निर्वाचित भिम बहादुर घलेको अध्यक्षतामा २९  सदस्यीय जिल्ला सभा गठन भएको निर्वाचन कर्म तामाङले घोषणा गरेका थिए।

प्रमुख अतिथि केन्द्रिय सचिव तामाङ्गले कार्यक्रम सम्बोधनका क्रममा संगठनको विगतको पृष्ठभुमि र अब आउने २०८४ मा कसरी आम मुलवासी मंगोल जनताको हक अधिकार सुनिश्चित गर्नका लागि कस्तो अहम भूमिकाहरु खेल्नु पर्ने कुराहरु प्रष्ट बताउनुभयो। 
त्यसैगरी विशेष अतिथि मेचेले मंगोल नेशनल अर्गनाइजेशनले विगत देखि वर्तमानसम्म नेपालको राजनीतिमा खेलिरहेको सैद्धान्तिक भुमिकाहरु प्रष्टाउँदै नेपालको राजनीतिमा घटिरहेको घटना परिघटना प्रकाश पारेका थिए र अन्य अतिथिहरुले पनि नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राखेका थिए कार्यक्रममा चितवन जिल्लाको गाउँबस्तीहरुबाट  विभिन्न लोकसमुदायका मुलवासी मंगोलहरु उपस्थिति रहेका थिए।कार्यक्रममा सुस्मा तामाङले स्वागत मन्तव्य राखेका थिए उक्त कार्यक्रम फैन्द्र गुरुङ्गले संचालन गरेका थिए 

प्रतिक्रिया