देशैभरी मनाइयो महामानव ड. गोपाल गुरुङ ज्युको ८८औँ जन्मोत्सव कार्यक्रम

Gurkhas Online Tv
Gurkhas Online Tv१२ साउन २०८०, शुक्रवार

झापामा अायाेजित ड.गाेपाल गुरूङज्युकाे जन्माेत्सव कार्यक्रमका क्रममा लिइएकाे तस्बिर

सागर मंगाेल,झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा महामानव ड. गोपाल गुरुङ ज्युको ८८ औँ जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मेचिनगर-१० स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा एम.एन.ओ. झापा जिल्ला अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु एम.एन.ओ. कोशी प्रान्तीय सभाको दोस्रो अधिवेशन मूलआयोजक सभाका सल्लाहकार निवर्तमान अध्यक्ष भाष्कर चाम्लिङ, सचिव लासिमहाङ मंगोल, केन्द्रिय सदस्यहरु दिलवरी राई, मेलिना तामाङ, केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु श्याम लिम्बू, सान बहादुर मेचे, अक्कल तामाङ, राज कुमार गुरुङ, टोमराज थाम्सुहाङ, विशिष्ट अतिथिहरु वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल, केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो, सचिव सन्तोष तामाङले मन्तव्य राख्दै शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले नेवालका मूलबासी मंगोलहरु महामानव ड. गोपाल गुरुङ ज्युलाई नजिकबाट बुझेपछी मात्रै शासक बन्न सक्छ्न ।वहाँलाई र वहाँले प्रतिपादन गर्नुभएको मंगोलवाद दर्शनलाई बुझ्न र व्यवहारमा लागू गर्न जातीगत, धार्मिकतावादी, संस्कारगत सोचभन्दा माथी उठ्नुपर्ने कुरा बताउनुभयो । साथै महामानव ड. गोपाल गुरुङ ज्युलाई विश्व जगतमा चिनाउनको निमित्त अबका पुस्ताहरु लागि पर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा संगठनका केन्द्रिय सल्लहकारहरु दिल बहादुर लिङखिम, पदम नेम्बाङ, कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन आयोजक सभाका प्रचारप्रसार सचिव देव धिमाल, सदस्यहरु प्रकाश हाङ्खिम, राजेन्द्र चेम्जोङ, श्रीप्रसाद लिङखिम, सल्लाहकार तथा निवर्तमान सचिव सागर राई, ओखलढुंगा जिल्ला अध्यक्ष बजेन्द्र वाम्बुलेको आतिथ्यता रहेको थियो । जिल्लाव्यपी रुपमा संगठनका कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा झापा जिल्ला प्रचारप्रसार सचिव भानु धिमालले स्वागत मन्तव्य राखेका थिए भने सचिव सागर दर्जीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैगरी मोरङ जिल्लाको आयोजनामा पनि महामानव ड. गोपाल गुरुङ ज्युको ८८औँ जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला अध्यक्ष धनराज लिम्बूको अध्यक्षतामा एवं संगठनका प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य सुरज फोम्बोको विशिस्ट आतिथ्यता रहेको थियो भने कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन आयोजक सभाका संयोजक विकेन वान्तवा, कोषाध्यक्ष शिव कुमार राई लगायत प्रान्तीय अधिवेशन आयोजक सभाका सदस्यहरुको आतिथ्यता रहेको थियो । जिल्लाव्यापी रुपमा कार्यकर्ताको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई जिल्ला सभा मोरङका सचिव अविनाश राईले सञ्चालन गरेका थिए ।

यसैगरी महामानव ड. गोपाल गुरुङ ज्युको ८८ औं जन्मोत्सव कार्यक्रम इलाम, ताप्लेजुङ, सुनसरी, ललितपुर र काठमाण्डुको संयुक्त आयोजनामा, रुपन्देही, तनहुँ, गोर्खा, म्याग्दी लगायतका जिल्लाहरुमा संगठनका केन्द्रिय सभाका पदाधिकारीहरुको आतिथ्यतामा एवं जिल्लाव्यापी कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

 

प्रतिक्रिया