मंगोल नेशनल अर्गनाइजेशनमा संगठित हुनेहरु ज्युँदा मान्छे हुन्, सहयोग र त्याग गर्नेहरु ठुला मान्छे हुन्- प्रेसिडेन्ट मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०८०, बिहिवार

मंगोल रिसर्च सेन्टरमा MNOका प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम पश्चात् लिइएको तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले मंगोल नेशनल अर्गनाइजेशनमा संगठित हुनेहरु ज्युँदा मान्छेहरु हुन् र यस संगठनमा सहयोग र त्याग गर्ने  मान्छेहरु ठूला मान्छेहरु रहेको कुरा बताउनुभएको छ । ९ अगष्टका दिन मंगोल रिसर्च सेन्टरको सभाहलमा एम.एन.ओ. मेचिनगर चौथो नगर अधिवेशन आयोजक सभाको आयोजनामा सम्पन्न २९औं विश्व मूलबासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रेसिडेन्ट मेचेले नेवालका मूलबासी मंगोलहरु अधिकार र अस्तित्व प्राप्तिको निमित्त, भावी सन्ततिको उज्ज्वल र सुनिश्चित भविष्य निर्माणको निमित्त, सम्मुन्नत र समृद्धशाली नेवालको निमित्त मंगोल नेशनल अर्गनाइजेशन मात्रै रहेको कुरा जगजाहेर गर्दै सम्पूर्ण मूलबासी मंगोलहरुमा विश्व मूलबासी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा संगठनका वरिष्ठ केन्द्रिय सदस्यहरु शान्तिलाल धिमाल र दिलिप याङ्मा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु मेलिना तामाङ, दिलवरी राई लगायत प्रान्तीय सभा, जिल्ला सभाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता मेचिनगर चौथो अधिवेशन आयोजक सभाको संयोजक सिनारा मेचेले गरेकी थिइन भने सचिव किशोर धिमालले कार्यक्रम सञ्चालन गरेका थिए । 

 

२९औँ विश्व मूलबासी दिवस कार्यक्रम झापाको विभिन्न ६ स्थानहरुमा सम्पन्न भएको एम.एन.ओ. जिल्ला सभा झापाले जनाएको छ ।
 झापाको दमक बजार याक्थुङ चुम्लुङ भवनमा दमक नगरसभा,गौरादह नगरसभा र कमल गाउँसभाको संयुक्त आयोजनामा संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथी केन्द्रिय सर्वोच्च सभा सदस्री सान बहादुर मेचे रहनुभएको थियो भने कार्यक्रममा प्रान्तीय र जिल्ला सभाका पदाधिकारीहरुको आतिथ्य्ता रहेको थियो ।
यसैगरी एम.एन.ओ. कन्काई नगरसभाले संगठनका प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यतामा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संगठनका वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ विशिष्ट अतिथी रहनुभएको थियो भने जिल्ला सभा झापाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 

संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बूको प्रमुख आतिथ्यतामा एम.एन.ओ. विर्तामोड नगरसभाले विर्तामोड-१० सैनिक बजारमा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न समपन्न गरेको छ । कार्यक्रममा प्रान्तीय सभा र जिल्ला सभा झापाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 
यसैगरी संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यतामा एम.एन.ओ. भद्रपूर नगरसभाले २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा झापा जिल्ला अध्यक्ष बानिरा मेचे लगायत जिल्ला सभाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 

यसैगरी एम.एन.ओ. बुद्धशान्ती गाउँसभाको आयोजनामा संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य अक्कल तामाङको प्रमुख आतिथ्य्तामा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथी केन्द्रिय सदस्य मंगलसिंह लिम्बू रहनुभएको थियो भने कार्यक्रममा केन्द्रिय सभा, प्रान्तीय सभा, जिल्ला सभा झापाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 

यसैगरी मोरङको विभिन्न ८ स्थानमा संगठनका कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा केन्द्रिय सभा, प्रान्तीय सभा, जिल्ला सभाका पदाधिकारीहरुको आतिथ्यतामा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम  सम्पन्न भएको एम.एन.ओ. जिल्ला सभा मोरङले जनाएको छ । 

यसैगरी मकवानपुर जिल्ला सभाको आयोजनामा २९औँ विश्व मूलबासी दिवस कार्यक्रमको अवसरमा ३० सदस्यीय एम.एन.ओ. हेटौँडा  उपमहानगरसभा गठन भएको छ । अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, प्रचारप्रसार सचिवमा क्रमशः दीपा लामा, दिलीप घिसिङ, साजन बोम्जन, विजय सिङ्गतान र फूल माया प्रजा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सरिता श्रेष्ठ, तारा गुरूङ, सीता बोम्जन, जशु माया घलान, मोती माया ब्लोन, सुवास तामाङ्ग, घन बहादुर बल, विष्णु रुम्बा, कर्म मोक्तान, सोम बहादुर बल, सुदिप वाइबा, घन बहादुर तामाङ्ग,कृष्ण थोकर, राम भोमजन,सानु भाई विश्वकर्मा, मादु माया विश्वकर्मा, तिलक थोकर,अर्जुन थिङ, सलाम सिंग भोमजन, तिलक तामाङ्ग, सरस्वती तामाङ्ग, वीर बहादुर तामाङ्ग, अमृत रुम्बा, सरोज ब्लोन र धन बहादुर घलान रहनुभएको छ ।

त्यस्तै गरेर इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, उदयपुर, चितवन , सिन्धुपाल्चोक , नुवाकोट , धादिङ , सिन्धुली , रामेछाप , रसुवा ,तनँहु, गोर्खा , लम्जुङ , म्यादी , कास्की , स्याङ्जा, पाल्पा , रुपन्देही , नवलपरासी , नवलपुर, दाङ लगायतका जिल्लाहरुले कोणसभा ,र्याली सहित विभिन्न कार्यक्रमहरुको साथमा २९औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया