केन्द्रिय सदस्य फोम्बोको नेतृत्वमा बिरामीलाई संकलित रकम हस्तान्तरण।

Gurkhas Online Tv
Gurkhas Online Tv२६ साउन २०८०, शुक्रवार

रकम हस्तान्तरण गर्ने क्रममा

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन,उर्लाबारी नगर सभाले उर्लाबारी नगर पालिका वडा न-०८ अठिया वारी निवासी क्यान्सर पीडित बिरामी बिर बहादुर धिमाललाई आर्थिक सहयोग गरेको छ । 

नगर सभाको पहलमा संकलन भएको रु.२७,०१५(अक्षरीमा सत्ताइस हजार पन्ध्र रुपैयाँ मात्र) शुक्रबार  संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बुले बिरामीको घरमा गएर उहाँको  दिदी फुलमाया धिमाल लाई उक्त रकम  हस्तान्तरण गर्नु भएको छ । रकम हस्तान्तरण कार्यक्रममा मोरङ जिल्ला सभाका अध्यक्ष  धनराज लिम्बु ,उर्लाबारी नगर सभाका  सह सचिव विश्व राई र  सदस्य सुरज राई लगायतको उपस्थिति रहेको थियो । विगत ४ वर्षदेखि क्यासर रोगबाट पीडित हुनु हुने धिमालको हाल भरतपुर स्थित क्यासर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया