मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ओखलढुंगाको दोस्रो ऎतिहासिक अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२७ साउन २०८०, शनिवार

कार्यक्रमका क्रम खिचिएको तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ओखलढुंगाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । साउन २५ गतेका दिन ओखलढुंगाको सुनकोशी गाउँपालिका-४ स्थित मोलुङ्ग दोभानमा संगठनका केन्द्रिय सभाका कोषाध्यक्ष आङदावा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट बुद्धिमान जेरो राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला सभा गठन भएको मंगोल नेशनल अर्गनाइजेशन ओखलढुंगाले जनाएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः बुद्धिमान जेरो राई, दिल बहादुर थापा मगर, गंगा माया तामाङ, सेतेनजी शेर्पा ,भिम राज राई रहनुभएको छ । सदस्यहरुमा अरुण तामाङ मंगोल, मोहान तामाङ, सोनाम ग्यबा तामाङ, गिरी कुमार राई, विष्णु बहादुर राई, अनिल राई, पुस्ता लाल राई, घनश्याम राई, चित्र नेम्वाङ, राजिब राई, तेजबहादुर तामाङ, रमाला राई, लाक्प शेर्पा, रुपक जेरो राई, कानुरी शेर्पा, डम्बर बहादुर राई रहनुभएको छ भने सल्लाहकारहरु राम बहादुर तामाङ र सोम माया तामाङ तामाङ रहनुभएको छ । 

कार्यक्रममा विशिष्ट अतिथी संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङ, निवर्तमान कोशी प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ, सचिव सागर राई, सदस्य नर बहादुर थापा मगर, उदयपुर जिल्ला अध्यक्ष रेवत आले मगर, शान्तवीर लामा रहनुभएको थियो । कार्यक्रममा अतिथीहरु, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नवगठित जिल्ला सभाका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी आङ्दावा शेर्पाले पद तथा गोपनीयताको सपथ ग्रहण गराइ सफल कार्यकालको शुभकामना मन्तव्य राख्नुभएको थियो । नृत्य, कविता वाचन जस्ता विविध कार्यक्रमका विच सम्पन्न उक्त कार्यक्रममा गंगामाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन भने दिल बहादुर मगर र दिपक राईले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया