मृतक राईको परिवारलाई प्रवास सभा अमेरिका र दक्षिण कोरियाको आर्थिक सहयोग।

Gurkhas Online Tv
Gurkhas Online Tv२७ साउन २०८०, शनिवार

संगठनकाे झण्डा

सिन्धुली/ मंगोल नेशनल अर्गनाइजेशन फिक्कल गाउँपालिका वडा नं.-०६ का सदस्य मृतक तेज कुमार रार्इकाे परिवारलार्इ प्रवास सभा अमेरिकाले रु १,०२,१५५ (अक्षरीमा एक लाख दुर्इ हजार एक सय पचपन्न रूपैयाँ मात्र ) र दक्षिण कोरियाले रु २०,०००(बीस हजार रूपैयाँ मात्र) सहयोग प्रदान गरेको सिन्धुली जिल्ला सभाका अध्यक्ष शान्त कुमार लामाले बताउनु भयो । उहाका अनुसार २९ औं बिश्व मुलबासी दिवसको उपलक्ष्यमा फिक्कलमा भएको कार्यक्रमको अवसरमा संगठनका केन्द्रिय सदस्य रिन्छेन तामाङले उक्त रकम फिक्कल गाउँ सभाका अध्यक्ष लाई हस्तान्तरण गर्नु भएको थियो ।यस अघि प्रवास सभा यु.केले पनि मृतक रार्इको परिवारलाई रु. १,६०,०००(एक लाख साठी हजार रूपैयाँ मात्र)प्रदान गरेको थियो भने बागमती प्रान्तीय सभाको पहलमा रु २,१६,४९१(दुर्इ लाख साेह्र हजार चार सय एक नब्बे रूपैयाँ मात्र)संकलन गरि मृतक रार्इको परिवारलार्इ सहयोग हस्तान्तरण गरिएको थियो ।

मृत्तक तेज कुमार रार्इको गत जेठ २६ गते सिन्धुलिमा मोटर साइकल दुर्घटनामा परि दु:खद निधन भएको थियो । उहाँ जेठ २७ गते अर्थात् १० जुन शनिबार झापाको मेचीनगर नगरपालिका वडा नं.-०२ मा रहेको मंगोल रिसर्च सेन्टरको प्राङ्गणामा मंगाेल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव युगपुरुष ड.गोपाल गुरुङको पुर्ण कद सहिदको शालिक अनावरण कार्यक्रममा सहभागी हुन उहाँ झापा जाँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया