चौथो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन सोलुखुम्बु जिल्ला अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv३० साउन २०८०, मङ्गलवार

अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरु

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सोलुखुम्बुको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । साउन २७ गतेका दिन एम.एन.ओ. सोलुखुम्बु जिल्ला अध्यक्ष रुद्र बहादुर राना मगरको अध्यक्षतामा एवं संगठनका केन्द्रिय सभाका सदस्य मन कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट तेन्दी शेर्पाको अध्यक्षतामा १४ सदस्यीय जिल्ला सभा गठन भएको मंगोल नेशनल अर्गनाइजेशन सोलुखुम्बुले जनाएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः सोनाम शेर्पा, वाङ्छी शेर्पा, शान्तिमाया राना मगर, ङिमा शेर्पा रहनुभएको छ । सदस्यहरुमा किरण राई, ग्याल्जेन लामा, पर्शु राई, मान बहादुर वि.क, धन बहादुर वि.क, मनोज गुरुङ रहनुभएको छ भने सल्लाहकारहरु सौविर राई, इन्द्रा कुलुङ, रुद्र बहादुर राना मगर रहनुभएको छ । 

कार्यक्रममा विशिष्ट अतिथी संगठनका निवर्तमान कोशी प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ रहनुभएको थियो भने अतिथि निवर्तमान कोशी प्रान्तीय सदस्य नर बहादुर थापा मगर भएको थियो । कार्यक्रममा अतिथी, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवगठित जिल्ला सभाका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मन कुमार गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराइ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया