मुलसचिव थम्मन बुढा मगरसहित १० जना केन्द्रिय सदस्यहरु कारबाहीमा र २ प्रान्तीय सभा विघटन।

Gurkhas Online Tv
Gurkhas Online Tv५ भदौ २०८०, मङ्गलवार

बैठकपश्चात् प्रेसिडेन्ट मेचेद्वारा जारी प्रेस विज्ञप्ति

मोरङ/मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले संगठनको विधान विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिदै कार्य गरेको भन्दै संगठनका मुल सचिव  थमन बहादुर बुढा मगर सहित १० जना केन्द्रीय सदस्यहरु र २ प्रान्तीय सभालाई कारबाही गरेको छ ।
मोरङकोको बेलबारीमा सोमबार २१ अगस्ट बाट सुरु भएको केन्द्रीय सभाको नियमित बैठकले मुल सचिव लगायतलाई कारबाही गरेको हो । केन्द्रीय अनुशासन सभाले संगठनको विधान विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिदै संगठन लाई आच आउने कार्य गरेको भन्दै मुल सचिव लगायतका व्यक्तिहरुलाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गर्न  बैठकमा सिफारिस गरेपछि उक्त विषयमा गहन छलफल भएको थियो ।  बैठकको बहुमतले  संगठनको विधान विपरित कार्य गर्नेहरुलाई साधारण सदस्य समेत नरने गरि कार्यबाही गर्न निर्णय गरेको छ । 
बैठक लगतै संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेद्वारा जारी विज्ञप्तिमा निज व्यक्तिहरुले  विधान विपरित कार्य गर्दै संगठन लाई आच आउने सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै उनीहरुलाई विधानको धारा १० को उप धारा ४ को दफा क, ख, ग,घ,छ, ज र उप धारा ५ को  छ अन्तर्गत कार्बाही गरिएको उल्लेख छ ।   यसरी कार्बाही पर्नेहरुमा केन्द्रिय मुल सचिव थमन बहादुर बुढा मगर , केन्द्रीय सदस्यहरु कल्पना थापा मगर , केशु रास्कोटी मगर , प्रेम छिरी शेर्पा , लाल बहादुर दर्लामी , कुमार गुरुङ , विष्णुमान वि.क. , राज बहादुर छन्त्याल , शान्त कुमार मगर र गङ्गा कुमारी खपाङ्गी रहेका छन्।
 त्यस्तै संगठनलाई आंच आउने गतिविधिमा सरिक  भएको  भन्दै लुम्बिनी प्रान्तीय सभा र गण्डकी प्रान्तीय सभालाई समेत कार्बाही गर्दै विघटन गरेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

प्रतिक्रिया