झापाको दमक-०४ मा एम.एन.ओ.को टोल सभा।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ भदौ २०८०, सोमवार

कार्यक्रमपस्चात् लिइएको सामुहिक तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन दमक-४ वडा सभाको आयोजनामा दमक -४ स्थित बेतानीमा एकदिने प्रशिक्षण साथै टोल सभा गठन कार्यक्रम सम्पन्न भएको छ । 

 उक्त कार्यक्रम एम.एन.ओ. दमक-४ वडा सभा अध्यक्ष शान्तिदेवी राईको सभाध्यक्षतामा एवं छैठौं राष्ट्रिय महाधिवेशन मूल आयाेजक सभाका सहसचिव सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई कार्यक्रमको विशिष्ट अतिथि सागर मंगोलले मानव उत्पत्ती, संगठनको राजनैतिक एजेन्डाको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा अतिथिहरु दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन, सहसचिव दिलु सुब्बा, कमल गाउँसभा अध्यक्ष हिजन राई, सहसचिव होम बहादुर राई, सदस्य रामलाल राई रहनुभएको थियो।

कार्यक्रमकै विच मचिन्द्र खेवाङकाे अध्यक्षतामा १० सदस्यीय दमक-४ बेतानी टोलसभा गठन भएको छ। 
सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः उमा लिम्बू, उर्वशी राई, चन्द्रवती राई र सरिता लिम्बू रहनुभएको थियो भने सदस्यहरुमा भिममाया लिम्बू, टेक बहादुर तामाङ, शसिकला राई, भिम लिम्बू र राकेश तामाङ रहनुभएको छ । 

नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सान बहादुर मेचेले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मंगोल नेशनल अर्गनाइजेशनको प्रत्येक महाधिवेशनले मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै छैटौं राष्ट्रिय महाधिवेशनबाट संगठनले देशको राष्ट्रिय दलको रुपमा स्थापित गराउँदै मूलबासी मंगोलहरुको अधिकार र अस्तित्वको सुनिश्चितता संगै समुन्नत र समृद्ध नेवाल निर्माणको निमित्त कार्यदिशा तयार पार्ने कुरा बताउँदै सम्पूर्णलाई भौतिक, आर्थिक, नैतिक रुपले महाधिवेशन सफल पार्न सहयोग गरिदिनुहुन अपिल गर्नुभयो । दमक नगरसभा सदस्य सम्झना राईले स्वागत मन्तव्री राख्नुभएको उक्त कार्यक्रम नगर सचिव अर्जुन तामाङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया