एम.एन.ओ.गण्डकी प्रान्तीय अधिवेशनको मुलआयोजक सभा गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ भदौ २०८०, सोमवार

कार्यक्रमपश्चात् लिइएको सामुहिक तस्बिर

तनहुँ /३ सेन्टेम्बर २०२३ आइतबारका दिन मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय सभाका संयोजक विकास गुरुङको सभाध्यक्षतामा एवं मंगोल नेशनल अर्गनाइजेशन छैटौं राष्ट्रिय माहाधिवेशन मुल आयोजक सभाका सचिव रिन्छेन तामाङको प्रमुख आथित्यतामा तनहुँको आबुखैनीस्थित उद्योग वाणिज्य संघको सभा हलमा एम.एन.ओ.,गण्डकी प्रान्तीय अधिवेशन मूल आयोजक सभा गठन भएको छ ।
कार्यक्रमको विशिष्ट अतिथिहरुमा छैटौं राष्ट्रिय महाधिवेशनको मुल आयोजक सभाका सदस्य सोम बहादुर गुरुङ र प्रविना थापा मगर रहनुभएको थियो भने अतिथिहरुमा तनहुँ जिल्ला अध्यक्ष सुस्मा आले,गोरखा जिल्ला अध्यक्ष मन कुमार थापा मगर, लमजुङ जिल्ला अध्यक्ष खेम बहादुर गुरुङ, नवलपरासी जिल्ला सचिव के. बि गुरुङ कास्की जिल्लाको प्रतिनिधि जीवन गुरुङ रहनुभएका थिए ।

उक्त कार्यक्रमबाट विकास गुरुङको संयोजकमा १९ सदस्यीय दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय अधिवेशन मुल आयोजक सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः प्रेम बहादुर थापा, सुस्मा आले, मन कुमार थापा, तेम्बा ग्याल्जेन रहनुभएको छ भने सदस्यहरु शम्भु राना, जुन बहादुर थापा, गङ्गा राना, कृष्ण कुमारी घले श्रेष्ठ , प्रेम बराम, राम बहादुर लामा, आशा घले( नुमा),  प्रेम गुरुङ , रामजी दर्जी, राज गुरुङ , राम बहादुर घले (नवीन) , बिर्ख बहादुर तामाङ र सल्लाहकारहरु देब बहादुर थापा र अनिता थापा मगर रहनुभएका छन्। गण्डकी प्रान्तीय अधिवेशनको खुल्ला घोषणा सभा यहि असोज २७ गते तनहुँ जिल्ला अन्तर्गत भानु नगरपालिकामा हुने भएको छ।

कार्यक्रममा विशिष्ट अतिथीहरु र प्रमुख अतिथी रिन्छेन तामाङले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  गण्डकी प्रान्तीय सभाका पुर्व सल्लाहकार देव थापा मगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम पुर्व सहसचिव अनिता थापा मगरले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया