एम.एन.ओ.,दमक नगरपालिका वडा-१० वडा सभा पुनर्गठन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२३ भदौ २०८०, शनिवार

कार्यक्रमपश्चात् लिइएको सामुहिक तस्बिर

सागर मंगोल,झापा/मंगाेल नेशनल अर्गनाइजेसन दमक नगरभाकाे आयाेजनामा दमक नगरपालिका पालिका वडा नं १० मा वडा सभा पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ।

सेप्टेम्बर ९ तारिखका दिन सम्पन्न उक्त कार्यक्रम दमक  नगरसभा अध्यक्ष गजेन्द्र मादेन लिम्बूकाे सभाध्यक्षतामा एवं झापा जिल्ला सचिव सागर मंगाेलकाे प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रममा झापा जिल्ला सदस्य प्रेम आङबुहाङ लिम्बू विशिष्ट अतिथी रहनुभएको थियो भने कमल गाँउसभा सचिव बिजयहाङ लिम्बू, सहसचिव  हाेम बहादुर राई, प्रचारप्रसार सचिव रन्जन चाम्लिङ राई, उर्लावारी नगरसभा सदस्यहरु दुर्गा लिम्बू, धर्मलाल लिम्बू ,कमल -४ वडा सचिव अ.मु.मं बिन्द्र कुमार राई र निवार्चन झापा क्षेत्र नं ५ प्रदेश सभा (ख) तर्फका उम्मेदवार रामलाल राई रहनुभएको थियो ।

कार्यक्रमकै बिच दमक  नगरपालिका वडा नं १० निवासी अ.मु.मं सुर्य धिमाल (राजथुम) ज्यूकाे अध्यक्षतामा ११ सदस्यिय सहित MNO दमक १० वडा सभा पुर्नगठन गठन सम्पन भएको हाे । यसरी संगठित हुने पदाधिकारीहरुकाे नामावली क्रमश:- अध्यक्ष, सचिव, काेषाध्यक्ष, सह-सचिव र प्रचार प्रसार सचिवमा सुर्य धिमाल (राजथुम ),टेक .बा.धिमाल ,सुर्य माखिम ,दिपेन धिमाल, सन्जय धिमाल रहनुभएको छ भने सदस्यहरु भिम.बा.धिमाल , विष्णु धिमाल,विजय धिमाल, सुर्य धिमाल (राजथारू), आयुष धिमाल र लाेक बहादुर धिमाल रहनुभएको छ। 

कार्यक्रममा प्रमुख अतिथि सागर मंगोल ज्यूले नवगठित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुहुदै मूलुककाे विभिन्न राजनितिक घटनाहरू,मानव उत्पत्ति र मानव वर्ण, मंगाेल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट महामानव ड.गाेपाल गुरुङ ज्यूकाे जीवन संघर्षकाे जानकारी गराउँदै निर्धक्क भएर अघि बढ्न आग्रह गर्नुभयो।
दमक -४ वडा सभा अध्यक्ष  शान्तादेवी राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम नगर सभा सचिव अर्जुन तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया