एम.एन.ओ.,उर्लाबारी-०४ वडा सभा पुनर्गठन तथा मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२३ भदौ २०८०, शनिवार

सामुहिक तस्बिर

विश्व राई,मोरङ/मंगोल नेशनल अर्गनाइजेशन उर्लाबारी नगर सभाको आयोजनामा वडा नं. ४ मा वडा सभा पुनर्गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सेप्टेम्बर ९ तारिखका दिन उर्लाबारी नगर अध्यक्ष मोहन बहादुर राईको सभाध्य्क्षतामा एवं दोस्रो ऐतिहासिक कोशी प्रान्तीय अधिवेशन  मुल आयोजक सभाका कोषाध्यक्ष शिव कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  विशिष्ट अतिथीमा मोरङ जिल्ला सभा सचिव अबिनाश राई र अतिथिमा उर्लाबारी वडा नं. १ अध्यक्ष प्रेम कुमार राई रहनुभएको थियो । 

उक्त कार्यक्रमबाट लाल ध्वज राईको अध्यक्षतामा १७ सदस्यीय उर्लाबारी - ४ वडा सभा पुनर्गठन भएको छ । सचिव,कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमश: सन्तोश कुमार लिम्बु,सबिना तामाङ,टंक बहादुर राई,शेर ब. तामाङ,सुक्र राज सुन्दास,चन्द्र ब.राई,सुरेश राई,इश्वर धिमाल,शान्ति माया धिमाल,इन्द्र माया तामाङ,निर्मला धिमाल,संगीता तामाङ,मिना राई,तिर्थ जिमि,तेज ब.राई रहनुभएको छ । 

कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शिव कुमार राईले मूलबासी मंगोलहरु आफ्नो अधिकार र अस्तित्व सुनिश्चित गर्नलाई एम.एन.ओ. मा आवद्ध हुनुको विकल्प नरहेको कुरा बताउँदै मंसिर ९,१०,११ मा सम्पन्न हुन लागिरहेको संगठनको  छैठौ राष्ट्रिय महाधिवेशनलाई भब्यताकासाथ सम्पन्न गर्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्न आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई नगरसभा सचिव मणि कुमार तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया