लुम्बिनी

Gurkhas Online Tv
Gurkhas Online Tv२३ भदौ २०८०, शनिवार

कार्यक्रमको क्रममा खिचिएको तस्बिर

दाङ/मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्तीय  सभा विशेष अधिबेशन असोज  २४ र २५  मा हुने भएको छ । 
८ सेक्टेम्बर २०२३ अर्थात भदौ २२ गते शुक्रबार का दिन दाङ मा लुम्बिनी प्रान्तीय सभालाई पुनर्गठन गर्दै अधिवेशनको मिति तोकिएको छ । प्रान्तीय सभाको अधिबेशन नवलपरासीको सदरमुकाममा हुनेछ । गत भदौ ४, ५ र ६ गते मोरङको बेलबारीमा सम्पन्न भएको केन्द्रीय सभाको बैठकले  संगठनको बिधान बिपरित कार्य गरेको भन्दै लुम्बिनी प्रान्तीय सभा लाई भङ्ग गरि सो प्रान्तीय सभाका लागि घनश्याम चौधरी लाई संयोजक तोकि  अधिबेशन गर्न अधिकार प्रदान गरेको थियो ।  कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्त सभाका सदस्य खुम बहादुर गाहा मगरको सञ्चालन र सहसचिव कल्पना थारुको स्वागतमा
लुम्बिनी प्रान्तीय सभाका संयोजक घनश्याम चौधरीको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन छैठौं राष्ट्रिय महाधिबेशन मुल आयोजक सभाका सदस्यहरु शिव जीत गुरुङको प्रमुख आथित्यता, करन सिंह नेपाली र चन्द्र कुमारी गुरुङ दय को विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा जिल्ला सभा दाङ का अध्यक्ष राज बहादुर घर्ती हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि ज्युहरुले लुम्बिनी प्रान्तीय मा रहेका सबै जिल्ला हरूलाइ मंगोलमय बनाउने जिम्मेवारी रहेको छ र मंसिरमा हुने संगठनको छैठौं राष्ट्रिय महाधिवेशन लाई भब्य रुपमा सम्पन्न गर्नको निमित्त कम्मर कसेर लाग्नु पर्ने बताउनु हुँदै कार्यक्रमले घनश्याम चौधरी को संयोजकमा २३ सदस्यीय विशेष अधिवेशनको लागी मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्तीय मुल आयोजक सभा गठन गरियो । जसको  सचीव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमश: कुलविर घर्ति मगर, वीर बहादुर गुरुङ, कल्पना थारु र केबि गुरुङ सदस्यहरू रिसन घर्ति मगर, प्रताविर सुनार, जिर बहादुर राना, कर्ण बहादुर गुरुङ, हुमा गुरुङ, बुद्दी सागर थारु, चन्द्र गुरुङ, बासुदेव नेपाली, क्षेत्र बहादुर तामाङ, खुम बहादुर गाहा मगर, सुशील चौधरी, पेक लाल चौधरी, सलन चिदी मगर सल्लाहकारहरु वेद बहादुर थापा, अमर बुढा मगर, धनसरी रोका मगर, बसन्त कुमार बुढाथोकी, इन्द्र बहादुर तामाङ, ज्ञान बहादुर गुरुङ हुनुहुन्छ। पुनर्गठन प्रान्तीय सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया