एम.एन.ओ.,सिन्धुपाल्चोक,लिसंखु-०७,वडा सभा गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv२३ भदौ २०८०, शनिवार

कार्यक्रम पश्चात् र सोही क्रममा खिचिएको तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुपाल्चोकको आयोजनामा लिसंखु गाउँपालिका वडा नं. ७ मा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । ८ सेप्टेम्बरका दिन उर्गेन लामाको सभाध्य्क्षतामा एवं बाग्मती प्रान्तीय सभा सचीव कुमार तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सपन्न भएको हो ।कार्यक्रमको विशिष्ट अतिथी सिन्धुपाल्चोक जिल्ला सभा  अध्यक्ष दावा लामा र अतिथिहरु सचिव पाल्देन लामा,
कोषध्यक्ष पुस्पा तामाङ ,सहचिब तोक बहादुर तामाङ,प्रचारप्रसार सचिव अर्जुन तामाङ रहनुभएको थियो । 
उक्त कार्यक्रमबाट मखन तामाङको अध्यक्षतामा १० सदस्यीय लिसंखु-७ वडा सभा गठन भएको छ । सचिव,कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः आरिस तामाङ, अस्मिता तामाङ, पासाङ तामाङ, सङ् दोर्जे तामाङ रहनुभएको छ भने सदस्यहरुमा दमाई सिंह तामाङ, भगती सुनुवार, सुकलाल तामाङ, लाल बहादुर तामाङ र नीमा तामाङ रहनुभएको छ । 
कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मूलबासी मंगोलहरु आफ्नो अधिकार र अस्तित्व सुनिश्चित गर्नलाई एम.एन.ओ. मा आवद्ध हुनुको विकल्प नरहेको बताउनुभयो । स्थानीय लोक समुदायहो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई
सभा सहल्लाकार कार्णबिर स्यावुं लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया