अनिल कुमालको अध्यक्षतामा एम.एन.ओ.,जिल्ला सभा नवलपुर पुनर्गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv१ असोज २०८०, सोमवार

कार्यक्रमका क्रममा लिइएको तस्बिर

सुस्मा आले,तनहुँ / दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय अधिवेशन  मुल आयोजक सभाद्वारा सेप्टेम्बर १७ तारिखका दिनम संयोजक विकास गुरुङको सभाध्याक्षतामा र छैटौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सचिव रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा  नवलपुर जिल्लाको 
मध्यविन्दु-१२, भु.पु. तमसपुरमा आयोजित एकदिने मुलवासी मंगोलवाद सम्बन्धि प्रशिक्षण साथै जिल्ला सभा नवलपुर पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका विशिष्ट अथितिमा छैटौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सदस्य प्रविना थापा थिए। अन्य अतिथिहरुमा बागमती प्रान्तीय सभाका सदस्यहरु सन्तोष तामाङ , टेक बहादुर तामाङ, धादिङ जिल्लाका अध्यक्ष धर्मराज सेङ्देन, स्थानीय बुद्धिजिवि मन बहादुर आले र बुद्धि बहादुर गुरुङ हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमबाट अनिल कुमालको अध्यक्षतामा १३ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुर सभा पुनर्गठन गरिएको छ। क्रमशः सचीव राजु गुरुङ, कोषाध्यक्ष इन्द्र माया गुरुङ, स सचिव बाल वीर ढेगा, प्रचार प्रसार सचीव लाल बहादुर थापा, सदस्यहरुमा निम बहादुर कुमाल, चीन माया गुरुङ , सेकेन्दर चौधरी, बल बहादुर चुहान मगर, राजेन्द्र कुमाल, सबि गुरुङ, रेगम सुनार र प्रेम बहादुर सोमाङ हुनुहुन्छ ।

कार्यक्रममा अतिथि टेक बहादुर तामाङ, विशिष्ट अतिथि थापा मगर, प्रमुख अतिथी तामाङले मन्तव्य राखेका थिए। गण्डकी प्रान्तीय दोस्रो अधिवेशन  मुल आयोजक सभाका सहसचिव मन कुमार थापा मगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव प्रेम बहादुर थापा मगरले संचालन गरेका थिए ।

प्रतिक्रिया