एम.एन.ओ.,प्रथम ऎतिहासिक विर्तामोड अधिवेशनबाट दिपेन राई अध्यक्षमा।

Gurkhas Online Tv
Gurkhas Online Tv१ असोज २०८०, सोमवार

निर्वाचित पदाधिकारीहरु शपथ ग्रहण गर्दै।

झापा/मंगोल नेशनल अर्गनाइजेशन विर्तामोड नगर सभाको प्रथम नगर सभा अधिवेशन सम्पन्न भएको छ । उक्त१७ सेप्टेम्बर २०२३ शनिवारका बिर्तामोड-१० स्थित सैनिक बजारमा निवर्तमान अध्यक्ष याम कुमार श्रेष्ठको सभाध्यक्षतामा एवं संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सदस्य अक्कल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट दिपेन राईको अध्यक्षतामा २० सदस्यीय नगरसभा गठन भएको एम.एन.ओ. विर्तामोड नगरसभाले जनाएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमश: महेश मुखिया, जानुका श्रेष्ठ, रोजिना राई लिम्बू, लाल बहादुर गजमेर, सदस्यहरुमा बाल कुमार राई, लाल भादुर राई, विशाल राई, मन बहादुर गुरुङ, अनिल लिम्बू, भरत कुमार राई, शान्ती राई, जानुका राई, देवेन्द्र लावती, सृजना राई, डम्बर श्रेष्ठ, रविलाल परियार, कमला रुम्बा रहनुभएको छ भने सल्लाहकारहरु याम कुमार श्रेष्ठ, सञ्जय जबेगु र दिपमाला राई रहनुभएको छ । 
 नवगठित पदाधिकारीहरुलाई कार्यक्रमको प्रमुख अतिथी अक्कल तामाङले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा अतिथिहरु भद्रपुर नगरसभा सचिव सनम तामाङ, कन्काई नगरसभा अध्यक्ष अम्बिका तामाङ, दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन, कमल गाउँसभा अध्यक्ष हिजन राई, मेचिनगर निवर्तमान अध्यक्ष सिनारा मेचे, झापा जिल्ला अध्यक्ष बानिरा मचे, कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन मूल आयोजक सभा सदस्यहरु राजेन्द्र चेम्जोङ, प्रकाश हाङ्खिम, सचिव साथै कार्यक्रमका विशिष्ट अतिथी लासिमहाङ लिम्बूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले शुभकामना मन्तव्य राख्दै मंगोल नेशनल अर्गनाइजेशनको प्रत्येक महाधिवेशनले मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै छैटौं राष्ट्रिय महाधिवेशनले संगठनले देशको राष्ट्रिय दलको रुपमा स्थापित गराउँदै मूलबासी मंगोलहरुको अधिकार र अस्तित्वको सुनिश्चितता संगै समुन्नत र समृद्ध नेवाल निर्माणको निमित्त कार्यदिशा तयार पार्ने कुरा बताउँदै सम्पूर्णलाई भौतिक, आर्थिक, नैतिक रुपले महाधिवेशन सफल पार्न सहयोग गरिदिनुहुन अपिल गर्नुभयो । कार्यक्रममा गौरादह नगरसभा कोषाध्यक्ष विनिता मादेन र हल्दिवारी गाउँसभा अध्यक्ष राज बहादुर राईको पनि आतिथ्यता रहेको थियो । जानुका श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम झापा जिल्ला  सचिव सागर मंगोलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया