बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टर संचालनको निमित्त लिम्बुद्वारा आर्थिक सहयोग

Gurkhas Online Tv
Gurkhas Online Tv१७ असार २०७९, शुक्रवार

बायाँ : उत्तरहाङ लिम्बु

झापा / मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा ब्रुनाईका प्रतिनिधि एवम् एम.एन.ओ. प्रशिक्षण ग्रुपका संयोजक उत्तरहाङ लिम्बुले बहुप्रतिष्ठित  मंगोल रिसर्च सेन्टर संचालनको निम्ति रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

झापाको मेची नगर-२ मा रहेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरमा यहि असार १६ गते बिहिवारका दिनमा मंगोल नेशनल अर्गनाईजेशनका वरिष्ठ केन्द्रिय सदस्य तथा मंगोल रिसर्च सेन्टर संचालक सभाका अध्यक्ष शान्तिलाल धिमाल लाई लिम्बुले उक्त रकम प्रदान गर्नु भएको थियोे । "रिसर्च सेन्टर अवलोकन गर्नका लागि धेरै  साथीहरू आइरहनुहुन्छरु  , नेता कार्यकर्ता भेला भइरहनुपर्छ ,चिया नास्तामा खर्च भइरहन्छ , यस लाई केही सहज होस् भनेर मैले थोरै सहयोग गरेको हु " भनेर लिम्बुले भन्नुभयो । आर्थिक सहयोग प्रदान गर्नुहुने लिम्बूलाई संगठन तथा मंगोल रिसर्च सेन्टर संचाक सभाको तर्फबाट धिमालले धन्यवाद ज्ञापन गर्नुहुदै कृतज्ञता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया