एम.एन.ओ. मेचीनगरको चौथौ नगर अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv३ असोज २०८०, बुधवार

कार्यक्रमका क्रममा लिइएको तस्बिर

सागर मंगोल,झापा/एम.एन.ओ. मेचिनगर चौथो नगर अधिवेशन मूल आयोजक सभाको आयोजनामा मेचिनगर-८ स्थित याक्थुङ चुम्लुङ भवनको सभाहलमा मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको चौथो नगर अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम संयोजक सिनारा मेचेको सभाध्यक्षतामा एवं संगठनका छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सदस्य निवर्तमान प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी निवर्तमान केन्द्रिय सदस्य  अक्कल तामाङ रहनुभएको थियो । 

उक्त अधिवेशनबाट किशोर धिमालको अध्यक्षतामा २३ सदस्यीय नगर सभा गठन भएको एम.एन.ओ. मेचिनगर सभाले जनाएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमश: सोमवीर तामाङ, रेवत सेन हात्तीमारा मगर, अर्जुन धिमाल, नरेन धिमाल रहनुभएको छ । त्यसैगरी सदस्यहरू लाल मोहन धिमाल, बुद्धिमान राई, रविन्द्र लिम्बू, आशा राई, टेक बहादुर थेवे, हिमाल मेचे, मोहन सुब्बा, धनराज लिम्बू, अम्बर सुनुवार, कमला विश्वकर्मा, राजु गुरुङ, अमृता विश्वकर्मा सल्लाहकारहरु सिनारा मेचे, नर बहादुर राई, खम बहादुर राई, अशोक तामाङ, धन बहादुर तामाङ र वीर बहादुर तामाङ रहनुभको छ । 

कार्यक्रममा अतिथिहरु विर्तामोड नगर सभा अध्यक्ष दिपेन राई, कन्काई नगर सभा अध्यक्ष अम्बिका तामाङ, दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन, कमल गाउँसभा अध्यक्ष हिजन राई, बुद्धशान्ती गाउँसभा अध्यक्ष मोहनसिंह लिम्बू, झापा जिल्ला सचिव सागर दर्जी, अध्यकह बानिरा मेचे, कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन मूल आयोजक सभाका सदस्य राजेन्द्र चेम्जोङ, सचिव लासिमहाङ लिम्बू, विशिष्ट अतिथी अक्कल तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निवर्तमान प्रवक्ता दिलिप धिमालले नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मंगोल नेशनल अर्गनाइजेशनको प्रत्येक महाधिवेशनले मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै छैटौं राष्ट्रिय महाधिवेशनले संगठनलाइ देशको राष्ट्रिय दलको रुपमा स्थापित गराउँदै मूलबासी मंगोलहरुको अधिकार र अस्तित्वको सुनिश्चितता संगै समुन्नत र समृद्ध नेबाल निर्माणको निमित्त कार्यदिशा तयार पार्ने कुरा बताउँदै सम्पूर्णलाई भौतिक, आर्थिक, नैतिक रुपले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्न अपिल गर्नुभयो । निवर्तमान केन्द्रिय सदस्यहरु ज्योतीमान राई, मेलिना तामाङ, निवर्तमान वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ, कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन आयोजक सभा सदस्य प्रकाश राई, भद्रपुर नगरसभा अध्यक्ष अर्जुन सुहाङ, गौरादह नगरसभा कोषाध्यक्ष बिनिता लिम्बू लगायतको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अर्जुन धिमालले स्वागत मन्तव्य राखेका थिए भने किशोर धिमालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया