एम.एन.ओ.,कोशी प्रान्तीय सभा दोस्रो अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१२ असोज २०८०, शुक्रवार

कार्यक्रमका क्रममा लिइएका तस्बिरहरु

सागर मंगोल,झापा/ मंगोल नेशनल अर्गनाइजेशन कोशी प्रान्तीय सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मोरङको उर्लाबारी-५ स्थित बौद्ध गुम्बा सभाहलमा अधिवेशन आयोजक सभाका संयोजक विकेन वान्तवाको सभाध्यक्षतामा एवं संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका संयोजक मणि पापो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

उक्त अधिवेशनबाट सागर राईको अध्यक्षतामा ४३ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन कोशी प्रान्तीय सभा गठन भएको अधिवेशन मूल आयोजक सभाले जनाएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव,प्रचारप्रसार सचिवमा क्रमशः शान्ता राई, सोम बल तामाङ, उत्तम मगर, शिव राई रहनुभएको छ । सदस्यहरुमा प्रकाश हाङखिम, खड्ग स्याङ्बो, दिनेश राई, राज कुमार लावती, श्री प्रसाद लिङखिम, राजेन्द्र चेम्जोङ, फूलमान तामाङ, मदनहाङ तावा(लासिम), नर बहादुर मगर, अनिल राई, प्रेम बम्जन, चन्द्रमान बुङछेन, अर्जुन लोवा, बजेन्द्र वाम्बुले, विरेन राई, शर्मिला लिम्बू, आरती लिम्बू, शकुन्तला श्रेष्ठ, विश्व राना मगर, रुद्र बहादुर राना मगर, सुरज ताप्मादेन, शिखा लिम्बू, पुष्पा शेर्पा, सम्झना राई, लाल बहादुर मगर, डम्बर तामाङ, बम बहादुर बुर्जा मगर, दिपा कुमारी राई, डम्बर वम्बुले, सुनिल कन्दङ्वा, तेज नारायण चौधरी, केशर बहादुर मगर, भक्त बहादुर राई, मन कुमार राई रहनुभएको छ भने सल्लाहकारहरुमा भाष्कर चाम्लिङ, देव धिमाल, विकेन वान्तवा र रुद्र राई रहनुभएको छ । 

कार्यक्रममा अतिथिहरु छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सदस्यहरु श्याम लिम्बू, दिलिप धिमाल, गणेश चाम्लिङ, विशिष्ट अतिथिहरु सहसचिव सान बहादुर मेचे, सचिव रिन्छेन तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मणि पापो लिम्बूले नवगठित सभालाई शुभकामना व्यक्त गर्दै मंगोल नेशनल अर्गनाइजेशनको प्रत्येक महाधिवेशनले मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै छैठौं राष्ट्रिय महाधिवेशनले संगठनलाइ देशको राष्ट्रिय दलको रुपमा स्थापित गराउँदै मूलबासी मंगोलहरुको अधिकार र अस्तित्वको सुनिश्चितता संगै समुन्नत र समृद्ध नेबाल निर्माणको निमित्त कार्यदिशा तयार पार्ने कुरा बताउँदै सम्पूर्णलाई भौतिक, आर्थिक, नैतिक रुपले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा संगठनका निवर्तमान केन्द्रिय सदस्यहरु, कोशी प्रदेश मातहतका सम्पूर्ण जिल्ला सभाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । शान्ता राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम आयोजक सभाका सचिव लासिमहाङ मंगोलले गरेका थिए ।

प्रतिक्रिया