एकैदिन बिर्तामोडको दुई स्थानहरुमा मंगोलवादसम्बधी प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२१ असोज २०८०, आइतवार

कार्यक्रमका क्रममा खिचिएको सामुहिक तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन विर्तामोड नगरसभा र विर्तामोड-१० वडा सभाको संयुक्त आयोजनामा विर्तामोड -१० स्थित फेसबुक चोक र तेलगानी टोलमा मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

७ अक्टोबर शनिवारका दिन विर्तामोड-१० वडा सभा अध्यक्ष धन बहादुर तामाङको सभाध्यक्षतामा एवं संगठनका छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाका सदस्य अक्कल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथी झापा जिल्ला सचिव सागर दर्जीले उपस्थित लोक समुदायहरुमा मंगोल वाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । मानव उत्पत्ति, अस्तित्व र पहिचानको विषयमा प्रस्ट्याउँदै नेपालका मूलबासी मंगोलहरुलाई मतवाली, आदिवासी, जनजाती र दलित शव्दको विल्ला भिराएर शाषकहरुले सामाजिक र कानुनी रुपमा विभेद गर्दै आएको बताउनुभयो । मूलबासी मंगोलहरु आफ्नो अधिकार र अस्तित्व प्राप्तिको निमित्त मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुको विल्कप नरहेको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा विशिष्ट अतिथी प्रकाश हाङ्खिमले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अक्कल तामाङले संगठनको प्रत्येक महाधिवेशनले मुलुकको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको र मंसिर ९,१० र ११ गते मोरङमा सम्पन्न हुने छैठौं राष्ट्रिय महाधिवेशनले संगठनलाइ देशको राष्ट्रिय दलको रुपमा स्थापित गराउँदै मूलबासी मंगोलहरुको अधिकार र अस्तित्वको सुनिश्चितता संगै समुन्नत र समृद्ध नेबाल निर्माणको निमित्त कार्यदिशा तयार पार्ने कुरा बताउँदै सम्पूर्णलाई भौतिक, आर्थिक, नैतिक रुपले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्न अपिल गर्नुभयो । विर्तामोड नगरसभाका अध्यक्ष दिपेन राई, कोषाध्यक्ष जानुका श्रेष्ठले, सदस्य विशाल राई, निवर्तमान अध्यक्ष याम श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विर्तामोड १० वडा सचिव अमृत श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान मेचिनगर सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गरेकी थिइन । 

सोही दिन तेलगानीमा सम्पन्न प्रशिक्षण कार्यक्रम विर्तामोड नगरसभाका अध्यक्ष दिपेन राईको सभाध्यक्षतामा एवं कोशी प्रान्तीय सभा सदस्य प्रकाश हाङखिमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायहरुमा झापा जिल्ला सचिव सागर दर्जीले मंगोलवाद सम्बन्धी प्रशिक्षण दिएका थिए । स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा याम कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सिनारा मेचेले कार्यक्रम सञ्चालन गरेकि थिइन्।

प्रतिक्रिया