दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२८ असोज २०८०, आइतवार

ऎतिहासिक तस्बिर

सुस्मा आले,तनहुँ /असोज २७ तदानुसार 14th Oct.,2023 शनिबारका दिन  मंगोल नेशनल अर्गनाइजेशन दोस्रो ऎतिहासिक गण्डकी प्रान्त अधिवेशन मुल आयोजक सभाको संयोजक विकास गुरुङको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन छैठौं राष्ट्रिय महाधिवेशन मुल आयोजक सभाका संयोजक मणि बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशन दोस्रो ऎतिहासिक गण्डकी प्रान्त अधिवेशन  खुल्ला घोषणा सभा कार्यक्रम तनहुँ जिल्लाको भानु न.पा .-०३ खहरेको एकता तमु समाजको भवनमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त अधिवेशन  मुल आयोजक सभाको आयोजनामा विविध सास्कृतिक प्रस्तुति तथा झाकी र्यालीका साथ भव्य र सभ्यरुपमा सम्पन्न भएको हो।

विशिष्ट अथितीहरुमा छैठौं राष्ट्रिय महाधिवेशन मंगोल नेशनल अर्गनाइजेशन मुल आयोजक सभाका सचीव रिन्छेन तामाङ, कोषाध्यक्ष धन प्रकाश खिम्दुङ, स- सचिव सान बहादुर मेचे थिए।अतिथिहरुमा क्रमश: छैठौं राष्ट्रिय महाधिवेशन मंगोल नेशनल अर्गनाइजेशन मुल आयोजक सभाका सदस्य सन्तोष तामाङ, सदस्य श्याम लिम्बू , सदस्य सोम बहादुर गुरुङ , मंगोल नेशनल अर्गनाइजेशन कोशी प्रान्त सभाका अध्यक्ष सागर राई, बागमती  प्रान्त सभाका कोषाध्यक्ष सालिकराम थापा मगर, प्रचार प्रसार सचीव क्षृषा तामाङ ,सदस्यहरु सन्तोष तामाङ,नवराज तामाङ,टेक बहादुर तामाङ, धादिङ जिल्ला सभाका अध्यक्ष धर्मराज सेन्देन,चितवन जिल्ला सभाका अध्यक्ष भिम बहादुर घले,गोरखा जिल्ला सभाका अध्यक्ष याम गुरुङ,तनहुँ जिल्ला सभाका अध्यक्ष भिम बहादुर थापा मगर,नवलपुर जिल्ला सभाका अध्यक्ष अनिल कुमाल र लमजुङ जिल्ला सभाका सचिव आशिष गुरुङ हुनुहुन्थ्यो । 

कार्यक्रममा अतिथी मंगोल नेशनल अर्गनाइजेशन बागमती  प्रान्त सभाका प्रचार प्रसार सचीव क्षृषा तामाङ, कोशी प्रान्त सभाका अध्यक्ष सागर राई, छैठौं राष्ट्रिय महाधिवेशन मंगोल नेशनल अर्गनाइजेशन मुल आयोजक सभाका सदस्यहरु सोम बहादुर गुरुङ , स्याम लिम्बु,सन्तोष तामाङ,विशिष्ट अथितिहरु  र प्रमुख अतिथीले शुभकामना मन्तव्य राख्नु भएका थिए।
असोज २६ गते तदानुसार 13th Oct.,2023को बन्दसत्र कार्यक्रमबाट प्रेम बहादुर थापा मगरको अध्यक्षतामा २१ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभा गठन भएको छ। क्रमशः सचीव नवीन घले, कोषाध्यक्ष सुस्मा आले, सह-सचिव मन कुमार थापा मगर, प्रचार प्रसार सचीव तेम्बा ग्याल्जेन, सदस्यहरु शम्भु राना, जुन बहादुर थापा, गङ्गा राना, कृष्ण कुमारी घले ( श्रेष्ठ ), प्रेम बराम, राम बहादुर लामा, आशा घले( नुमा), प्रेम गुरुङ , रामजी दर्जी, राज गुरुङ , बिर्ख बहादुर तामाङ, जीवन गुरुङ , मौसमी घर्ती मगरर सल्लाहकारहरुमा देव थापा मगर,अनिता थापा मगर र विकास गुरुङ हुनुहुन्छ ।
कार्यक्रममा स्वागत मन्तव्य आयोजक सभाका सल्लाहकार देव थापा मगरले दिएका थिए भने कार्यक्रम संचालन कोषाध्यक्ष सुस्मा आलेले गरेका थिए।

प्रतिक्रिया