मंगोल नेशनल अर्गनाइजेशन छैठौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्वको छ - बुद्धलाल मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv१५ कार्तिक २०८०, बुधवार

बैठकका क्रममा लिइएको तस्बिर

सागर मंगोल,झापा/ १ नोभेम्बर बुधबारका दिन मोरङको तमु हलमा सम्पन्न भएको मंगोल नेशनल अर्गनाइजेशन छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाको बैठकलाई कार्यक्रमका प्रमुख अतिथी बुद्धलाल मेचेले सम्बोधन गर्दै संगठनको छैठौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्वको रहेको बताउनु भएको छ । संगठनको छैठौं राष्ट्रिय माहाधिवेशन महामानव ड. गोपाल गुरुङको सुन्दर सपना संग जोडिएको छ र त्यो सपना भित्र मूलबासी मंगोलहरुको सुनिश्चित भविष्य छ भन्ने कुरा बताउँदै महाधिवेशन सफल पार्न सक्रिय भएर संयमित बनी हिम्मत र जाँगरका साथ अघि बढ्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशित गर्नुभयो ।

कार्यक्रममा मूल आयोजक सभाका सदस्यहरु, कोशी प्रान्तीय सभा, झापा र मोरङका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बैठकले महाधिवेशन सभ्य र भव्यताका साथ सफल पार्नको निमित्त बृहत् छलफल गर्दै कार्य विभाजन गर्दै विभिन्न उपसभाहरु गठन गरेको छ । श्याम लिम्बूको संयोजकत्वमा स्वयंसेवक परिचालन सभा गठन भएको छ । सदस्यहरुमा शिव कुमार गुरुङ, रुद्र राई,भरत राई, गोल्छा राई, दिपेन्द्र राई, राजेन्द्र चेम्जोङ, अविनाश राई, विश्व राई, सुरज राई रहनुभएको छ । यसैगरी शान्ता राईको संयोजकत्वमा नारी स्वयंसेवक परिचालन सभा गठन भएको छ । सदस्यहरुमा मेलिना तामाङ,सम्झना राई, बानिरा मेचे, अनु मगर, शकुन्तला श्रेष्ठ, धनमाया राई, सम्झना राई रहनुभएको छ । 
सुरज लिम्बूको संयोजकत्वमा होटल व्यवस्थापन सभा गठन भएको छ । सागर राई, विकेन राई, पुष्पा शेर्पा, धनराज लिम्बू, सागर दर्जी, बजेन्द्र अम्बुले रहनुभएको छ । 
स्टेज तथा साउन्ड सिस्टम व्यवस्थापन सभाको संयोजकमा लासिमहाङ लिम्बू रहनुभएको छ भने सदस्यमा विश्व राई रहनुभएको छ । 
विकेन वान्तवाको संयोजकत्वमा स्वागत गेट निर्माण सभा गठन भएको छ भने सदस्यहरुमा सागर राई र दिपेन्द्र राई रहनुभएको छ ।
खदा, ब्याच, स्वयंसेवक कार्ड निर्माणको जिम्मेवारी बैठकले सान बहादुर मेचेलाई सुम्पेको छ भने दिलिप धिमालको संयोजक तोकी झन्डा, ब्यानर छपाई गर्न जिम्मेवारी सुम्पेको छ । सदस्यहरुमा राज कुमार गुरुङ र मंगलसिंह लिम्बू रहनुभएको छ । 
महाधिवेशन खुल्ला सभा लेटाङ बजारमा प्रचारप्रसार गर्न धनराज लिम्बूको संयोजकत्वमा प्रचारप्रसार सभा गठन भएको छ । सदस्यहरुमा चन्द्र वान्तवा र देवेन्द्र साम्पाङ रहेका छन । 
खानेपानी व्यवस्थापनको लागि सोम बलको संयोजकत्वमा जिम्मेवारी दिइएको छ । सदस्यहरुमा विश्व तामाङ, भिम राई, धन बहादुर तामाङ, मन बहादुर राई रहेका छन ।
भित्ते लेखन सम्बन्धी सम्पूर्ण जिम्मेवारी बैठकले भास्कर चाम्लिङलाई सुम्पेको छ ।  
महाधिवेशन आयोजक सभाका संयोजक मणि पापो लिम्बूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रचारप्रसार सचिव सुरज फोम्बोले स्वागत मन्तव्य राखेका थिए भने सचिव रिन्छेन तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया