विभिन्न पार्टीका १५० जना सामूहिक रूपमा पार्टी परित्याग गर्दै मंगोल नेशनल अर्गनाइजेशमा प्रवेश।

Gurkhas Online Tv
Gurkhas Online Tv१६ कार्तिक २०८०, बिहिवार

कार्यक्रमका क्रममा लिइएको तस्बिर

नवराज ब्लोन,मकवानपुर/कार्तिक १५ तदानुसार 1st Nov.,2023का दिन विभिन्न पार्टीका १५० जनाले सामुहिकरुपमा  मंगोल नेशनल अर्गनाइजेशनमा प्रवेश गरेका छन्। 
जिल्ला सभा मकवानपुरको आयोजनामा बकैया गाउँपालिका-०८ बसन्तीपुरमा सम्पन्न भएको एक दिने मंगोलवाद विषयक प्रशिक्षण कार्यक्रमको अवसर पारेर उनीहरुले आफू रहेको पाटिलाइ परित्याग गर्दै एम.एन.ओ.मा सामुहिक रुपमा प्रवेश गरेका हुन ।संगठनमा प्रवेश गर्नेहरुमा ने.क.पा एमाले परित्याग गरी राम बहादुर स्याङ्तानको नेतृत्वमा ११५,नेपाली कंग्रेस पार्टी परित्याग गरी इसुचन्द्र घलानको नेतृत्वमा २२ , ने.क.पा.माओवादी  पार्टी परित्याग गरि विष्णु बहादुर वाइबाको नेतृत्वमा ११ ,  सचेत नेपाली पार्टी १ र ज स पा १ जना रहेका छन् ।उहाँहरुलाई जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानले खदा लगाई मुल घरमा स्वागत गर्नु भएका थिए।हिजोका दिनहरुमा नबुझेर आफुहरु जहाँ रहेको भएतापनि अब मुल घरमा रहेर मंगोल मुक्ति कोअभियान मा लागि पर्ने उहाँहरुले सामुहिकरुपमा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।    
जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानको सभाध्यक्षतामा र बागमती प्रान्तीय सभा सदस्य युवराज लामा (स्याङ्तान) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा ईसु चन्द्र घलानको संयोजकमा ११ जना सदस्य  बकैया गाउँपालिका तदर्थ सभा गठन भएको छ। जसको सचीव प्रविन कुमार स्याङतान ,सह- सचिव सोम मोक्तान ,
कोषाध्यक्ष सन्च माया वाइबा,प्रचार प्रसार सचिव, राम बहादुर स्याङतान र सदस्यहरू विजय भोलन, उत्तम स्याङतान,स्याम बहादुर वाइबा, विष्णु लाल वाइबा, धन बहादुर स्याङतान, बुद्धिमान भोलान रहेका छन त्यस्तै  सोही अवसरमा  बकैया-८ न.वडा मा उज्वल वाइबाको अध्यक्षतामा १७  सदस्य तदर्थ वाड सभा समेत निर्माण गरिएको छ ।वडा सभाको  सचिव राम बहादुर वाईवा, सह सचिब सजना कुमारी लोप्चन , कोषअध्यक्ष सान्त वीर वाईवा , प्रचार प्रसार सचिब रुद्र बहादुर थिङ, सदस्यहरु कोपिला भोम्जन, जित बहादुर ब्लोन, आइते सिङ न्यासुर , राज मोक्तन , मनिसा न्यासुर,प्रकाश थोकर , धर्म राज स्याङ्तान , कान्छ मान सिन्तान , बिष्णु माया स्याङ्तान , बुद्दिमान ब्लोन लाल बहादुर थोकर , नजर मान बोम्जन रहेका छन् । 
जिल्ला सभा मकवानपुरको वरिष्ठ सल्लाहकार विक्रम थिङले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया