कतारमा बलिहाङ पर्वको अवसरमा जै मंगोल अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ कार्तिक २०८०, शनिवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर।

काठमाण्डु/मंगोल नेशनल अर्गनाइजेशन  प्रवास सभा कतारद्वारा आयोजित बलिहाङ्ग पर्वको अवसरमा 10th November का दिनमा कतारको एक सभा हलमा शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भव्यरुपमा सु-सम्पन्न गरिएको छ। 
 प्रवास सभा कतारका अध्यक्ष छिरिङराजा तामाङक सभाधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथीमा जितबहादुर लामा  र विशिष्ट अतिथीमा होम राई थिए।यसैगरी  अतिथीहरुमा तेजबहादुर तामाङ,कमल राई,सुर्यमान दोङ्ग, अनुराग लामा, भक्त मगर,अमृत मास्की मगर,जि.बि लामा,   पासाङ तामाङ रहनुभएका थिए। उक्त कार्यक्रममा  शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विविध कार्यक्रमका साथ सम्पन्न यस कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यवाद दिदै सभाका कोषाध्यक्ष कमल राईले स्वागत मन्तव्य राखेका हुन् भने  कार्यक्रम सचिव  भुमिराज राईले संचालन गरेका हुन्।

प्रतिक्रिया