एम.एन.ओ. छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाको पत्रकार सम्मेलन सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv७ मंसिर २०८०, बिहिवार

पत्रकार सम्मेलन

सागर मंगाेल,झापा/मंगोल नेशनल अर्गनाइजेशनको छैठौं राष्ट्रिय महाधिवेशन यही मंसिर ९ र १० गते मोरङको उर्लाबारीमा र ११ गते लेटाङ बजारमा सम्पन्न हुन लागिरहेको छ । सोही महाधिवेशनको तयारी बारे जानकारी गराउँदै एम.एन.ओ. छैठौं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाले २३ नोभेम्बर विहिवार मोरङको उर्लाबारी स्थित न्यु सम्राट होटलमा पत्रकार सम्मेलन गरेको छ ।

 

देश तथा विदेशबाट अझै पनि आर्थिक सहयोग आउने क्रम जारी रहेको बताउँदै करिब १ करोडको लागतमा उक्त महाधिवेशन सम्पन्न हुने महाधिवेशन मूल आयोजक सभाका कोषाध्यक्ष धनप्रकाश राईले बताउनुभयो ।

 

मंसिर ९ गते हुने महाधिवेशनको उदघाटन सत्रमा मूलबासी मंगोल समुदायहरुलाई चेतनशील बनाउन विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरुको विशेष आतिथ्यता रहने, १० गते सम्पन्न हुने बन्दसत्रमा ७ प्रान्त ७७ जिल्लाबाट नै करिब ५०० प्रतिनिधिहरु आउने मूल आयोजक सभाका सचिव रिन्छेन तामाङले बताउनुभयो । 

 

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको बताउँदै यस महाधिवेशनले मूलवासी मंगोलहरुको अधिकार र अस्तित्व संवैधानिक रुपमा सुनिश्चित गराउँदै मंगोल नेशनल अर्गनाइजेशनलाई राष्ट्रिय दलको रुपमा स्थापित गराउँन नयां कार्यदिशा तय गर्ने र मंसिर ११ गते लाखौँ मूलवासी मंगोल लोक समुदायको उपस्थितिमा मोरङको लेटाङ बजारमा खुल्ला घोषणा सभा सम्पन्न हुने संयोजक मनि पापो लिम्बूले बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमा सहसचिव सान बहादुर मेचे, निवर्तमान केन्द्रिय सचिव सन्तोष तामाङ, निवर्तमान प्रवक्ता दिलिप धिमालको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया