लेटाङमा मंगोल नेशनल अर्गनाइजेशनले ल्यायो राजनैतिक भुकम्प,हजारौंको उपस्थितिमा छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv१३ मंसिर २०८०, बुधवार

मंगाेल नेशनल अर्गनाइजेशनका प्रमुख पदाधिकारीहरू

सागर मंगाेल,झापा/नोभेम्बर २७ सोमबारका दिन लेटाङ बजारमा निकै घुइंचो छ । लेटाङ बजारका स्थानीय वाँसीहरु भन्छन् "इतिहासमै पहिलो पटक लेटाङमा यत्तिको ठूलो भिड देखिएको हो।" मूलबासी मंगोल जिन्दावाद, मंगोल मंगोल एक हौ, संविधानमा मूलबासी मंगोल लेख, लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीय सरकार हाम्रो अंग हो, मंगोल नेशनल अर्गनाइजेशन जिन्दावाद, महामानव ड. गोपाल गुरुङ अमर रहुन यस्तै नाराहरुले गुञ्जयमान हुँदै र्यालीले लेटाङ बजारको परिक्रमा गर्यो । यतिबेला लेटाङ बजारमा मंगोल नेशनल अर्गनाइजेशनले राजनैतिक भुकम्प नै ल्याएको छ । हजारौँको उपस्थितिमा मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशनको छैठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट निर्विरोध निर्वाचित श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचे रहनुभएको थियो । उहाँले खुल्ला घोषणा सभालाई सम्बोधन गर्दै यो मंगोल मन, भावना र एकतालाई महामानव ड. गोपाल गुरुङ ज्युप्रती समर्पण गरेको बताउनुभयो । मंगोलहरुको रगत तातिन गार्हो र तातिएपछी सेलाउन गाह्रो भन्दै यो मंगोल भावना र एकता यो लहर र लस्कर त मंगोल शक्तिको आँधी, तुफान,ज्वालामुखी आउनुभन्दा अगाडीको मन्द शीतल हावा मात्र रहेको बताउँदै लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकारलाई संस्थागत गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथी मूलसचिव सन्तोष तामाङ,कोषाध्यक्ष धनप्रकाश राई, सहसचिव सान मेचे, प्रवक्ता रिन्छेन तामाङ, प्रचारप्रसार सचिव श्याम लिम्बू रहेका थिए भने अतिथिहरु केन्द्रिय सर्वोच्च सभा सदस्यहरु शान्तिलाल धिमाल, सुर्य कुमार गुरुङ, आङ्दावा शेर्पा, दिलिप राई, टोमराज थाम्सुहाङ, दिलिप धिमाल, गणेश बहादुर राई, ज्योतीमान थुलुङ, राज कुमार गुरुङ, अक्कल तामाङ, मन कुमार गुरुङ, गलिन्द्र योङहाङ, देव माक्रेहाङ, मंगलसिंह लिम्बू,सोम बहादुर गुरुङ, सुरज लिम्बू, प्रेम बहादुर तामाङ, शोभा राना मगर, शिव बहादुर गुरुङ, प्रविना थापा मगर, चन्द्र प्रसाद राई, गंगा बहादुर चोङबाङ, धनमाया तामाङ, केन्द्रिय सदस्यहरु तोक बहादुर गुरुङ, साङ ठिलेन शेर्पा, बगलमान राई, रतन बहाफुर बुढा मगर, जित बहादुर तिरुवा (जोनी वि.क), सुमित्रा राई, प्रेममाया तामाङ(कासिमा) , मेन लामा, छविन्द्र गुरुङ, जीवन स्याङ्तान, दिनेश गुरुङ, राजन चाम्लिङ, अनिता तामाङ, करण सिंह नेपाली, रेनुका ह्योल्मो, धनमाया राई दर्लामी, लाखरानी लिम्बू, याम कुमारी लिम्बू, दिलवरी राई, प्रमिला श्रेष्ठ, चन्द्र कुमारी गुरुङ, देवेन्द्र साम्पाङ, लक्षुमान माक्रेहाङ, भुवनसिंह योङहाङ, भास्कर चाम्लिङ, राजेन्द्र तामाङ, देव थापा, विकेन वान्तवा, विकास गुरुङ, घनश्याम चौधरी, लासिमहाङ लिम्बू, देव नारायण धिमाल, कुमार तामाङ, अनिता थापा, कर्मा तामाङ, टेक बहादुर तामाङ, श्रृषा तामाङ, रुद्र राई, राजेन्द्र चेम्जोङ, प्रकाश हाङ्खिम, सन्तोष कुमार तामाङ, प्रदिक्षा तामाङ, कल्पना चौधरी, खड्ग स्याङ्बो, राज कुमार लावती, मिना गुरुङ, बुद्धमाया फुरुम्बो, प्रेम कुमार तामाङ, चन्द्रमान बुङछेन,अर्जुन लोवा, बजेन्द्र राई,कृष्ण कुमारी घले श्रेष्ठ, नर बहादुर मगर, शकुन्तला श्रेष्ठ, वेद बहादुर थापा, सुष्मा तामाङ, अमर बुढा मगर, मिरा गुरुङ, शुशिला लोक्ताम, इन्द्रा गुरुङ, अनु मगर, याम कुमार श्रेष्ठ, निलम राई, धनसरी रोका मगर, विना गुरुङ, निर्मला लिम्बू, शान्ता लिम्बू, रेविका थुलुङ, प्रेम कुमारी घले, कर्ण बहादुर गुरुङ, शिखा लिम्बू, गोल्चा राई, सल्लाहकार संयोजक तिल बहादुर लिङखिम, पदम नेम्बाङ, गौरीमाङ योङहाङ, भुवनसिंह योङहाङ, थुप्तेन लामा, धन बहादुर राई, कोशी प्रान्तीय सभा अध्यक्ष सागर राई, मधेश प्रान्तीय सभा अध्यक्ष ज्ञान कुमार मोक्तान, बाग्मती प्रान्तीय सभा अध्यक्ष शालिक राम थापा मगर, प्रेम बहादुर थापा मगर, लुम्बीनी प्रान्तीय सभा अध्यक्ष कुलवीर घर्ती मगर, कर्णाली प्रान्तीय सभा अध्यक्ष बालासिंह घर्ती मगर रहनुभएको थियो ।

कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष सिर्जना गुरुङ, कोशी प्रान्तीय सभा सचिव शान्ता राई, अतिथिहरु सुस्मा तामाङ, कल्पना चौधरी, प्रदिक्षा तामाङ, लासिमहाङ लिम्बू, भास्कर चाम्लिङ, धनमाया तामाङ, प्रविना थापा मगर, सुरज फोम्बो लिम्बू, विशेष अतिथिद्वय प्रवक्ता रिन्छेन तामाङ, मूलसचिव सन्तोष तामाङ ले मन्तव्य राख्नुभएको थियो । महाधिवेशन मूल आयोजक सभाका संयोजक नवनिर्वाचित केन्द्रिय सचिव मनि बहादुर पापो लिम्बूको सभाध्यक्षतामा सम्पन्न खुल्ला घोषणा सभामा सहसचिव सान मेचेले स्वागत मन्तव्य राखेका थिए भने सागर मंगोलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया