मंगोलन नेशनल अर्गनाइजेशनको प्रेसिडेन्टमा बुद्धलाल मेचे निर्वाचित।

Gurkhas Online Tv
Gurkhas Online Tv१५ मंसिर २०८०, शुक्रवार

तस्बिर:बुद्धलाल मेचे

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशनको मंसिर ९,१०,११ गते मोरङको लेटाङ बजारमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले बुद्धलाल मेचेलाई निर्वाचित गरेको छ । 

 वि.सं. २०२८ साल जेठ ९ गते झापाको बाहुनडाँगी–३ मा बुबा सतालुसिंह र आमा निशा मेचेको कोखबाट जन्मनुभएका बुद्धलाल मेचे एक सामान्य किसान परिवारबाट राजनीतिमा होमिएका व्यक्ति हुन् । स्थानीय नवज्योति निमाविमा प्राथमिक तह, भानु उमाविबाट निमावि तहसम्म अध्ययन गर्नुभएका उहाँले धुलाबारी उमाविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो । त्यस्तै गरी उहाँले धुलाबारी क्याम्पसमा आईएसम्म र मेची बहुमुखि क्याम्पस भद्रपुरमा स्तानक तहसम्म अध्ययन गर्नुभएको थियो ।

वि.सं. २०५१ सालबाट आधिकारीक रुपमा संगठनको साधारण सदस्य लिइ बुद्धलाल मेचेले राजनीतिक यात्रा सुरु गर्नुभएको हो । यसैबीच उहाँ गाउँ सभा सदस्य, क्षेत्रीय सदस्य, झापा जिल्ला सभाको सदस्य र सचिव पदमा रही काम गरिसक्नुभएको छ । संगठनको झापा बिर्तामोडमा २०६१ सालमा सम्पन्न दोस्रो महाधिवेशनले बुद्धलाल मेचेलाई कार्यकुशलताको मुल्याङ्कन गर्दै संगठनले केन्द्रीय सदस्य पदमा बढुवा गरेको थियो । त्यसपछि उहाँ केन्द्रीय सभाको सचिव, प्रवक्ता भई काम गर्नुभयो भने २०७१ सालमा पूर्वको धरानमा सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिवेशनले उहाँलाई केन्द्रीय मुल सचिव पदमा निर्वाचित गर्यो । २०७३ जेठ २८ गते मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट ड. गोपाल गुरुङको असामयिक निधन पछि रिक्त रहेको पदमा कार्यवाहक प्रेसिडेन्ट रहँदै २०७५ सालमा इलाममा सम्पन्न संगठनको पाचौं राष्ट्रिय महाधिवेशनले उहाँलाई प्रेसिडेन्ट पदमा निर्विरोध निर्वाचित गरायो ।

बुद्धलाल मेचेको कुटनैतिक र रणनैतिक लडाइहरुबाट मंगोल नेशनल अर्गनाइजेशन देशको तेर्हौ स्थानमा रही बलियो प्रतिपक्षी राजनैतिक दलको रुपमा स्थापित भएको छ, उदयमान राजनैतिक शक्तिको रुपमा देखिएको एमएनओ मेचेको नेतृत्वमा चाँडै राष्ट्रिय राजनीतीमा उदाउने प्रष्ट छ । मेचेको संगठनमा प्रेसिडेन्ट पदमा यो दोस्रो कार्यकाल हो । उहाँको परिवारमा श्रीमती सुनिता मेचे, छोरीहरु बानिरा, सिनारा र छोरा बर्देश मेचे रहेका छन् । 

एक इमान्दार, वफादार, सहासी, आँटि, निडर स्वाभावको व्यक्तित्व भएको, महामानव ड. गोपाल गुरुङ ज्युले परिकल्पना गर्नु भएको सुन्दर नेबाल निर्माण गर्ने अभियानमा प्रतिबद्ध शालिन तथा बौद्धिक नेताको रुपमा आफ्नो परिचय बनाइ सक्नुभएका बुद्धलाल मेचे २०६४ र २०७० सालमा सम्पन्न भएको पहिलो र दोस्रो संविधान सभाको चुनावमा झापा क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार भई चुनावमा भाग लिनुभएको थियो । २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामको क्षेत्र नं. १ बाट प्रत्यक्ष उम्मेदवार भइ चुनाव लड्नुभएको थियो । 

मंगोल नेशनल अर्गनाइजेशनको छैठौं राष्ट्रिय महाधिवेशनबाट बुद्धलाल मेचे प्रेसिडेन्ट सहित १०३ केन्द्रिय सभा गठन भएको छ । संगठनको मूलसचिव, सचिव, कोषाध्यक्ष, सहसचिव, प्रवक्ता, प्रचारप्रसार सचिवमा क्रमशः सन्तोष तामाङ, मनि बहादुर पापो लिम्बू, धनप्रकाश राई, सान मेचे, रिन्छेन तामाङ र श्याम लिम्बू रहेका छन ।

प्रतिक्रिया