एम.एन.ओ बागमती प्रान्तीय अधिवेशन जनवरीमा

Gurkhas Online Tv
Gurkhas Online Tv१८ मंसिर २०८०, सोमवार

दोस्रो MNO बागमती प्रान्तीय अधिवेशन मुलआयोजक सभा।

सालिकराम थापा मगर,काठमाण्डु/मंगोल नेशनल अर्गनाइजेशन बागमती प्रान्तीय दोस्रो अधिवेशन जनवरी १ २०२४, एम.एन.ओ.को स्थापना दिवसको अवसरमा हुने भएको छ ।
आइतबार २ डिसेम्बर २०२३का दिन बसेको प्रान्तीय सभाको  बैंठकले प्रान्तीय सभा विघटन गरी सालिकराम थापा मगरको  संयोजकत्वमा दोश्रो ऐतिहासिक बागमती प्रान्तीय अधिवेशन मूलआयोजक  सभा गठन भएको छ ।यसैगरी  क्रमश: सचीव फैइन्द्र जङग गुरुङ ,कोषाध्यक्ष कर्णविर स्याङ्बो ,सहसचिव शान्तबिर लामा,प्रचार प्रसार सचिवमा विकास तामाङ सर्वसहमतिमा ३४ सदस्यीय सहित दोश्रो बागमती  प्रान्तीय सभा अधिवेशनको मूलआयोजक  सभा चयन भएको छ। 

मंगोल नेसनल अर्गनाइजेशनको ३५औं स्थापना दिवसको अवसर पारेर सभ्य र भव्यरुपमा काभ्रेमा  प्रान्तीय सभाको दोस्रो अधिवेशन सम्पन्न हुने मूल आयोजक सभा प्रचार प्रसार सचीव विकास तामाङले जानकारी दिनुभयो । साथै देश तथा विदेशमा रहनुहुने मुलवासी मंगोलप्रेमीहरुमा मुलआयोजक सभाले कार्यक्रम सम्पन्न गर्नको लागि आर्थिक,भौतिक र नैतिक सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया