३५ औं स्थापना दिवस तथा मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक दोर्दी गाउँ अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम दोर्दी गा.पा.-04 लमजुङ जिल्लामा मनाउने

Gurkhas Online Tv
Gurkhas Online Tv२३ मंसिर २०८०, शनिवार

सामुहिक तस्बिर

सुस्मा अाले,तनहुँ/ तनहुँकाे दमाैलीस्थित एम.एन.अाे. जिल्ला सभा तनहुँकाे कार्यालयमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको दोस्रो नियमित बैठक सम्पन्न भएको छ।
उक्त बैठक गण्डकी प्रान्त सभाका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशनको सर्वोच्च सभा सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हाे।बैठकले संगठनको आन्तरिक विषयहरुमा वृहत् छलफल गरिएका थिए। उक्त बैठकमा मंगोल नेशनल अर्गनाइजेशनको स्थापना काल 1st Jan,1989 देखि हरेक वर्ष नियमितरूपले मनाउँदै आएको स्थापना दिवस 1st Jan.,2024 मा गण्डकी प्रान्त सभाको आयोजना प्रान्त मातहतको जिल्लाहरुसहित संयुक्त रुपमा मंगोल नेशनल अर्गनाइजेशनको ३५ औं स्थापना दिवस तथा मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक दोर्दी गाउँ अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम दोर्दी गा.पा.-04 लमजुङ जिल्लामा मनाउने गरी निर्णय गरिएको छ।
उक्त बैठकमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको सह सचिव मनकुमार थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम MNO गण्डकी प्रान्त सभा सचिव नविन घलेले संचालन गरेका थिए।

प्रतिक्रिया